ला लिगा : एट्लेटिको मड्रिड र भ्यालेन्सियाको जित

स्पेसिन ला लिगामा डिफेन्डिङ च्याम्पियन एट्लेटिको मड्रिड र भ्यालेन्सियाले विजयी भएका छन् । शनिबार राति भएको खेलमा एट्लेटिकोले स्पानियोललाई २–१ले हराउँदा भ्यालेन्सियाले ओसासुनामाथि ४–१को जित निकाल्यो।

एट्लेटिकोको जितमा यानिक करास्को र थोमस लेमारले गाृल गरे भने स्पानियोलका राहुल डे टनेमसले गोल गरेका थिए। खेलमा एट्लेटिकोले १ गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो।

४०औं मिनेटमा राहुल डे टनेमसले गोल गर्दै घरेलु टोली स्पानयोललाई अग्रता दिलाएका थिए । तर, कारास्कोले ७९औं मिनेटमा बराबरी गोल गरेका थिए। त्यसपछि इन्जुरी समयमा लेमारले गोल गर्दै एट्लेटिकोलाई जित दिलाए ।

यसैगरी भ्यालेन्सियाले एक गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकाल्यो । जोल मोनसायलोले आठौं मिनेटमै गोल गर्दै घरेलु टोली ओसासुनालाई पहिले अग्रता दिलाएका थिए । तर म्याक्सिमिलयानो गोमेजले २६औं मिनेटमा भ्यालेन्सियाका लागि बराबरी गोल फर्काए ।

५०औं मिनेटमा एरिडाने हर्नान्डेजले आत्मघाती गोल गरेपछि भ्यालेन्सियाले २(१ को अग्रता बनायो । त्यसपछि गोन्जालो गुएडेजले ५५औं र ओमार एलडेरेटेले गोल गरेपछि भ्यालेन्सिया सहजै विजयी भयो ।

Facebook Comments Box