ला लिगाका भन्छ– मेसीलाई किन्न ७ सय मिलियन तिर्नुपर्छ, सञ्चारमाध्यम भन्छन्– रिलिज क्लज एक्टिभ छैन

अहिले बार्सिलोना स्टार लियोनल मेसी सर्वाधिक चर्चामा छन् । उनी खेल कौशलका कारणले नभइ स्थानान्तारणको विषयले चर्चामा छन् । बार्सिलोनाको इतिहासकै सबैभन्दा सफल खेलाडी मेसी र क्लबबीच सम्बन्ध चिसिँदै गएको छ ।

मेसीले सर्वाजनिक रुपमै क्लब छाड्को चाहेको र त्यसका लागि वातावरण बनाउन अग्रह गरेपछि उनी र क्लबबीच सम्बन्ध चिसिएको हो ।

मेसीको स्थानान्तरणको विषयमा विवाद चर्चिएका बेला ला लिगाले बार्सिलोनाले राखेको ७ सय मिलियन युरो रिलिज क्लज कायमै रहेको भन्दै मेसीलाई अनुबन्धन गर्ने हो भने त्यो रकम तिर्न पर्ने बताएको छ । ला लिगाले आइतबार विज्ञप्ति निकाल्दै मेसीले क्लब छाड्न चाहेमा उनलाई अनुबन्धन गर्ने क्लबले सम्झौता अनुसारको रिलिज क्लज तिर्नु पर्ने बताएको हो ।

ला लिगाको निर्णयसँगै मेसीले फ्रि ट्रान्सफर र बार्सिलोनाको अनुमति बिना क्याम्प नाउ छाड्ने नपाउने भएका छन् । तर, ७ सय मिलियन युरो तिर्न कुनै क्लब तयार भएमा भने मेसीले बार्सिलोनाको सहमति बिना समेत क्लब छाड्न पाउने छन् ।

तर ला लिगाको यस्तो बताए पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले भने मोसीको ७ मिलियन युरोको रिलिज क्लज एक्टिभ नरहेको उल्लेख गरेका छन् । विभिन्न सञ्चार माध्यमले मेसीको सम्झौताको अन्तिम सिजन त्यो एक्टिभ नरहने जनाएका छन् ।

मेसीले पछिल्लो पटक सन् २०१७ मा सम्झौता नवीकरण गरेका थिए र त्यो थप ३ वर्षको लागि थियो । त्यसमा एक वर्ष थप्न सकिने विकल्प थियो । त्यसैले उनको त्यति धेरै रिलिज क्लज २०२०–२१ मा लागू नहुने दाबी साडेना सेरले गरेको छ ।

बार्सिलोना त्यही रिलिज क्लजलाई आधार बनाउँदै मेस्सीलाई क्लबमा राख्ने कसरतमा छ । तर ३३ वर्षीय फरवार्ड मेसीको वकिलले यसबारे बुझिसकेका छन् । यद्यपि क्लबले भने यो कुरालाई ध्यान दिएको छैन ।

प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी मेस्सीलाई अनुबन्ध गर्न सबैभन्दा अघि देखिएको र प्रशिक्षक पेप ग्वार्डिओलाको सम्झौता पनि नवीकरण गर्ने प्रयासमा रहेको द मिररले जनाएको छ ।

बार्सिलोनाका कप्तान मेस्सीले गत मंगलबार आफूले क्लब छाड्न चाहेको भन्दै पत्र पठाएका थिए । उनी अर्को सिजनको सुरुआतअघि क्याम्पनोउ छाड्न चाहन्छन् । सोही अनुसार मेसीले प्रिसिजनको तयारी गर्न बार्सिलोनाले गरेको कोरोना परीक्षण समेत गराएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP