ला लिगामा उपाधि र रेलिगेसनको राेमाञ्चकता

युरोपका ठूलो लिगको अन्त्यमा आइपुगेका छन्। युरोपका शीर्ष ५ लिग इंग्लिस प्रिमियर लिग, ला लिगा, बुन्डेसलिगा, फ्रेन्च लिग वान र इटालियन सिरि एका अब अन्तिम चरणको खेल मात्र बाँकी छन् । यी ५ लिगमध्ये प्रियिमर लिग, बुन्डेसलिगा, सिरि एको उपाधि र रेलिगेसको टुंगो लागि सकेको छ, ला लिगा र लिग वानको मात्र उपाधिको टुंगो लाग्न बाँकी छ।

युरोपमा सबैभन्दा प्रतिस्पर्धामक मानिएको प्रियिमर लिगको यो पटक तीन खेल अगावै उपधिको टुंगो लाग्यो । त्यसको विपरित ला लिगा यो पटक निकै प्रस्तिस्पर्धात्मक रह्यो र रोमाञ्चक पनि ।

लिगको अन्तिम चरणको खेल बाँकी रहँदा उपाधिका लागि प्रतिस्पर्धा र रेलिगेसन बच्ने संघर्षले ला लिगाकालाई थप रोचक बनाएको छ। आज राति ९ः४५ मा हुने लिगका ९ खेलपछि उपाधिको छिनोफानो हुने छ भने रेलिगेसनमा पर्ने तीन टिमको पनि टुंगो लाग्ने छ।

उपाधि होडमा मड्रिडका दुई क्लब एट्लेटिको र रियल छन् । यस्तै, रेलिगेशन बच्न हुएस्का, रियल भालाडोलिड, इल्चे र इबार संघर्ष गरिरहेका छन्, यी मध्ये ३ टिम दोस्रो डिभिजनमा झर्ने छन् भने एक टिम ला लिगामै रहने छ।

उपाधि होडमा एट्लेटिको मड्रिड रियलभन्दा बलियो । किनभने उसको उपाधि सम्भावना आफ्नै हातमा छ। ८३ अंकका साथ शीर्ष स्थानमा रहेको एट्लेटिकोले रियलविरुद्ध २ अंकको अग्रता बनाएको छ। यदि अन्तिम खेलमा भालाडोलिडविरुद्ध जित निकाल्दै एट्लेटिको च्याम्पियन बन्ने ।

यो खेल दुवैका लागि उत्तिकै महत्वपूर्ण छ । यो खेलमा एट्लेटिकोलाई हराउन सकेमा भालाडोलिड रेलिगेसन बच्न सक्ने भएकाले खेल निकै प्रतिस्पर्धात्मक रोमाञ्चक हुनेछ। यो खेल भालाडोलिडका मैदानमा हुने छ । दुवै जितका लागि मैदान उत्रने छन्, एउटाको उद्देश्य च्याम्पियन बन्नु हुने छ भने अर्कोको रेलिगेसनबाट बच्नु ।

यता, एट्लेटिकोले भालाडोलिडविरुद्ध अंक गुमाए रियल मड्रिड उपाधि होडमा अगाडि आउने छ । एट्लेटिकोले अंक गुमाएको अवस्थामा भिल्लारियललाई हराए रियलले उपाधि रक्षा गर्ने छ। एट्लेटिकोविरुद्ध हेड टु हेडमा रियल अघिरहेका उसलाई केही फाइदा भने हुने ।

अन्तिम खेलमा रियलले आफ्नै मैदानमा भिल्लारियलसँग खेल्दै छ। यो खेलमा दुवैका लागि महत्वपूर्ण छ । रियललाई उपाधिमा दाबेदारी प्रस्तुत गर्नुपर्ने छ भने भिल्लारियललाई युरोपा लिगमा छनोट हुनु । ५८ अंकका साथ सातौं स्थानमा रहेको भिल्लारियलले रियललाई हराए युरोपा लिगका लागि छनोट हुन सक्नेछ ।

रोमाञ्चक रेलिगेसन संघर्ष

उपाधि होडजस्तै ला लिगाको रेलिगेसन बच्नै संघर्ष पनि रोचक रहेको छ। पुछारका चार टिम हुएस्का, इल्चे, रियल भालाडोलिड र इबार ३ अंकको मात्र अन्तर रहेकाले रेलिगेसन बच्ने संघर्ष पनि रोचक बनेको हो।

१७औं र १८ औं स्थानमा रहेका हुएस्का र इल्चेको समान ३३ अंक छ भने भालाडोलिडको ३१ र इबारको ३० अंक छ। हुएस्कालाई रेलिगेसन बच्न आफूले खेल जिते पुग्ने छ, तर इल्चे, भालाडोलिड र इबारलाई आफूले जित्नु पर्ने र अरुको नतिजा कुर्नुपर्ने बाध्यता छ ।

यस्तोमा चारै टिमले बलिया प्रतिद्वन्द्वी पाएका छन्, र उनीहरुविरुद्ध जित निकाल्दै निकै मेहनत गर्नुपर्ने हुन्छ । हुएस्काले भ्यालेन्सिाय, इल्चेले एथ्लेटिको बिल्बाओ, भालाडोलिडले एट्लेटिको मड्रिड र इबारले बार्सिलोनाको सामाना गर्ने छ।

यस्तो, हुएस्काले जित निकाले अरु तीन टिम इल्चे, भालाडोलिड र इबार रेलिगेशनमा पर्ने छन्। यदि हुएस्का बराबरी रोकिए इल्चेको रोलिगेसन जोगिने सम्भावना हुन्छ, त्यसको लागि उसले जित निकाल्नु पर्ने हुन्छ । तर, हुएस्का र इल्चे दुवै पराजित भएमात्र भालाडोलिडको सम्भावना रहन्छ । यता, इबार रेलिगेसनबाट बच्न भने तीनै टिम पराजित हुनु पर्ने छ, र निर्णय हेड टु हेड र गोलअन्तरका आधारमा हुनेछ ।

Facebook Comments Box