ला लिगाको नयाँ सिजन आजबाट

स्पेनिस ला लिगाको नयाँ सिजन आजबाट सुरु हुँदै छ । कोरोना भाइरसको महामारीका कारण अघिल्लो सिजन प्रभावित बनेपछि ला लिगा १ महिना ढिलो सुरु हुन लागेको छ ।

इबार र सेल्टाभिगोबीचको खेलसँगै ला लिगाको नयाँ सिजन सुरु हुँदै छ । यो खेल साँझ ७ः४५मा सुरु हुने छ । यस्तै, आजै अन्य दुई खेल पनि हुने छन् । जसमा राति १०ः१५ बजे ग्रानडा र एथ्लेटिको बिल्बाओ भिड्ने छन् भने राति १२ः४५ मा हुने खेलमा यसै सिजन शीर्ष डिभिजनमा उक्लिएका दुइृ क्लब काडिज र ओसासुन भिड्ने छन् ।

यस्तै, आइतबार अलाभेस र रियल बेटिस, ग्रानडा र एथ्लेटिको बिल्बाओ, भ्यालेन्सिया र लेभान्ते, काडिज र ओसासुना, भिल्लारियल र हुइस्का तथा रियल सोसिडाड र भालाडोलिड भिड्ने छन् ।

पहिलो चरणका च्याम्पियन रियल मड्रिड, बार्सिलोना, एट्लेटिको मड्रिडलगायतका ४ खेल रद्द भएका छन् । पहिलो दिने हुने भनिएको रियल र गेटाफे, बार्सिलोना र इल्चे तथा दोस्रो चरणमा एट्लेटिको र लेभान्ते तथा सेभिया र इल्चेबीच खेल रद्द गरिएको हो।

नयाँ सिजनको पहिलो एल क्लासिको अर्थात् स्पेनका दुई जाइन्ट क्लब रियल मड्रिड र बार्सिलोनाबीचको खेल अक्टोबर २५मा हुने छ । यस्तै दोस्रो इएल कलासिको सन् २०२१ अपिल ११मा हुने छ । पहिलो इएल क्लासिको बार्सिलोनाको मैदान क्याम नेउमा हुने छ भने दोस्रो रियलको मैदान सान्टियागो बर्नाबेउमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP