रियलले भ्यालेसिन्यालाई हरायो

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल म्याड्रिडले भ्यालेन्सियालाई २–०ले पराजित गरेको छ । यो जितसँगै रियलले शीर्ष स्थानको सेभिल्लासँगको दुरी ३ अंकमा झारेको छ ।

भ्यालेन्सियाविरुद्धको जितसँगै रियलले १४ खेलमा २३ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको सेभिल्लाका २६ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको सामान २५ अंक छ । तर, सेभिल्ला र बार्सिलोना दुवैले एक खेल कम खेलेका छन् ।

घरेलु मैदान सान्टियागो बर्नाबाउमा रियललाई जित दिलाउन लुकास भाज्क्वेजले गोल गरे भने अर्को गोल रियलले उपहार स्वरुप पाएको थियो ।

खेलको आठौं मिनेटमा भ्यालेन्सियाका ड्यानीएल वासले आत्मघाती गोल गरेपछि रियलले अग्रता लिएको थियो । वासले ड्यानी कार्भाजलको क्रसलाई क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गरेका थिए । सुरुवातमै अग्रता लिएपछि पहिलो हाफमा रियलले थप गोल गर्न सकेन ।

अघिल्लो खेलमा एबारसँग पारजित भएपछि दबाब आएको रियललाई अर्को गोल गर्न ८३औं मिनेटसम्म कुर्नु प¥यो । ८३औं मिनेटमा भाज्क्वेजले गोल गरेपछि रियलले भ्यालेन्सियाविरुद्ध २–०को अग्रता कायम गरेको थियो । भाज्क्वेजले करिम बेन्जेमाको पासमा भ्यालेन्सियाका गोलरक्षकलाई विट गर्दै गोल गरेका हुन् ।

खेलमा रियलले ६० प्रतिशत बल पोजेसन बनाएको थियो । रियलले भ्यालेन्सियाको पोस्टमा १३ प्रहार गरेको थियो भने त्यसमध्ये ४ प्रहार टार्गेटमा थियो । यस्तै भ्यालेन्सियाले भने ७ सट प्रहार गरेकोमा २ प्रहार मात्र टार्गेटमा थियो ।

खेलअवघिभर रियलले ६ सय ९४ पास खेलेको थियो भने भ्यालेन्सियाले ४ सय ६४ पास खेलेको थियो । भ्यालेन्सियाले भने १४ खेलमा १७ अंक जोड्दै १४औं स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *