पहिलो जितसँगै ललितुरको प्लेअफ आशा कायमै

काठमाडौंमा जारी नेपाल सुपर लिगमा पहिलो जित निकाल्दै ललितपुर सिटी एफसीले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । बिहीबार भएको खेलमा ललितपुरले बुटबल लुम्बनी एफसीलाई १–०ले हरायो।

यो जितपछि ६ अंक जोड्दै ललितपुर लिगको चौथो स्थानमा उक्लिएको छ। अन्तिम खेलमा विराटनगर सिटीविरुद्ध जित निकाल्न सके ऊ प्लेअफमा पुग्ने छ। तर, हारले पनि उसको समभावना जिवितै रहने छन्, त्यसका लागि बुटबल धगनढी सिटी एफसीसँग र पोखरा थन्डर्स चितवन एफसीसँग पराजित हुनु पर्नेछ।

ललितपुरलाई जित दिलाउन नुर्लान नोभ्रुजुभ जाहिदले निर्णायक गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवलविरुद्ध ललितपुरले सुरुवातबाटै आक्रमक खेल खेलेको थियो ।

खेलको पाँचौ मिनेटमा स्ट्राइकर नुर्लान नोभ्रुजुभ जाहिदले हेडमार्फत गोल गर्दै ललितपुरलाई १–० को अग्रता दिलाएका थिए । कप्तान अन्जन बिष्टको हेडर पासमा अनमार्क रहेका नुर्लानले डाइभ हेडमार्फत गोल गरेका थिए ।

त्यस्तै इन्जुरी समयको अन्तिम मिनेटमा ललितपुरका विमल रानाको प्रहारलाई बुटवलका गोलकिपर विशालले क्लियर गर्न खोजेको बल पोलमा लाग्दै फर्केको बलमा कप्तान अन्जनले गोल गरेका थिए । तर, लाइन रेफ्रीले अफसाइड दिएका थिए ।

खेलमा ललितपुरका कप्तान अन्जन विष्ट प्लेयर अफ दि म्याच भए भने ललितपुरकै मिक्छेन तामाङ इमर्जिङ प्लेयर अफ दि म्याच चुनिए ।

Facebook Comments Box