ललितपुर महनगरले दियो फुटबल क्लबलाई चार लाख

ललितपुर महानगरपालिकाले पूर्वघोषणाबमोजिम ललितपुरका ए डिभिजन फुटबल क्लबहरूलाई चार–चार लाख रुपैयाँ उपलब्ध गराएको छ । सहिदस्मारक ए डिभिजन लिग सुरु हुनुअघि महानगरपालिकाले जिल्लाभित्रका चार क्लबलाई आर्थिक सहयोगस्वरूप चार–चार लाख दिने घोषणा गरेको थियो ।

महानगरले आफ्नो घोषणाअनुरूप नै ललितपुरका फ्रेन्ड्स, जावलाखेल, च्यासल र ब्रिगेड ब्वाइज क्लबलाई रकम दिएको हो । यसअघि थ्री स्टारले महानगरबाट चार लाख प्राप्त गरिसकेको थियो ।

महानगरका सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरका खेलाडीलाई प्रोत्साहनका लागि क्लबहरूलाई महानगरले आर्थिक सहयोग गरेको बताएका छन् । दोस्रो नगर सभाको निर्णयबमोजिम आर्थिक सहयोग रकम पाँचै क्लबलाई उपलब्ध गराएको कार्कीले बताए ।

पाँचमध्ये चार क्लबका पदाधिकारीलाई महानगरप्रमुख चिरीबाबु महर्जनले चेक हस्तान्तरण गरेका थिए । यसअघि महानगरपालिकाले ललितपुर जिल्लाभित्रका ए डिभिजनबाहेक बी र सी डिभिजनका क्लबलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

बी डिभिजनले ३ लाख र सी डिभिजन क्लबले २ लाख आर्थिक सहयोग पाउँदै आएका छन् । महानगरले आर्थिक वर्षमा फ्रेन्ड्स, ब्रिगेड, जावलाखेल र च्यासललाई वार्षिक चार लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

महानगरका मेयर महर्जनले ललितपुर महानगरभित्र सक्रिय सबै क्लबलाई आर्थिक सहयोग गराउने योजना रहेको जानकारी दिएका छन् । महर्जनले महानगरको वार्षिक बजेट–पुस्तिकामा समावेश गरी सबै खेलकुद क्लबलाई दिइने रकमको दरबन्दी कायम गर्ने बताएका छन् ।

‘स्थानीयस्तरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि महानगरले सहयोग गर्नेछ,’ मेयर महर्जनले भने, ‘हामी सबै खेलको विकासका लागि एउटा मापदण्ड बनाएर सहयोग गर्छौं ।’

महानगर उपप्रमुख गीता सत्यालका अनुसार १९ वर्षदेखि जनप्रतिनिधिविहीन हुँदा पनि मूल्यांकनका आधारमा खेल क्षेत्रमा रकम दिने परम्परा नभएको बताइन् । खेलकुद क्षेत्रलाई व्यवस्थित गरी रकम उपलब्ध गराउनुपर्ने सत्यालको भनाइ छ ।

महानगर उपप्रमुख गीता सत्यालका अनुसार १९ वर्षदेखि जनप्रतिनिधिविहीन हुँदा पनि मूल्यांकनका आधारमा खेल क्षेत्रमा रकम दिने परम्परा नभएको बताइन् । खेलकुद क्षेत्रलाई व्यवस्थित गरी रकम उपलब्ध गराउनुपर्ने सत्यालको भनाइ छ ।

दोस्रो नगर सभाको निर्णयअनुसार महानगरभित्रका ए डिभिजन क्लबले राष्ट्रियस्तरको प्रतियोगिता जिते चार लाख रुपैयाँ पाउनेछन् । सोही निमयअनुरूप गत वर्ष थ्री स्टार क्लबले ७ वटा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । थ्री स्टारले ७ गोल्डकप उपाधिबापत महानगरबाट २८ लाख आर्थिक सहयोग प्राप्त ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP