फिनिसिङमा चुक्दा पोखर र ललितपुरले अंक बाँडे

दशरथ रंगशालामा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् । आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले राम्रा अवसर सिर्जना गरेपनि फिनिसिङमा चुक्दा अंक बाँड्न बाध्य भए ।

पहिलो हाफमा पोखराले केही राम्रा अवसर सिर्जना ग¥यो । उसका कप्तान नवयुग श्रेष्ठ, मौसा अब्बाले गोलका सुनौलो अवसर खेर फाले ।

दोस्रो हाफमा ललितपुरले उत्कृष्ट खेल प्रदर्शन ग¥यो र गोलका अवसर पनि सिर्जना ग¥यो । उ पनि फिनिसिङमै चुक्यो । उसका कप्तान अन्जन विष्टले सुन्दर दुई अवसर खेर फाले ।

दोस्रो हफाको सुरुवातमै वान टु वानमा अन्जनको प्रहार पोखराका किपर दीप कार्कीले सहजै बचाए भने अर्को अवसरमा दिपलाई चिप गर्दै अन्जनले प्रहार गरेको बल डिफेन्डर अजित भण्डारीले गोल लाइनबाट बचाए।

खेलमा ललितपुरका प्रवेश कुँवर प्लेयर अफ दि म्याच चुनिए भने इमर्जिङ प्लेयर अफ दि म्याच पोखराका आयुस घलान चुनिए ।

बराबरीसँगै ४ खेलमा ५ अंक जोडेको पोखरा तेस्रो स्थानमा छ भने ३ अंक जोडेको ललितपुर पुछारमा छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.