फ्रान्सका लापोर्टले अब स्पेनिसबाट खेल्ने

इंग्लिस क्लब म्यान्चेस्टर सिटीका फ्रेन्च डिफेन्डर अमेरिक लापोर्टले आफ्नो राष्ट्रियता परिवर्तन गरेका छन् । फ्रेन्च टिमबाट उमेर समूहमा प्रतिनिधित्व गरेका लापोर्ट अब स्पेनिस नागरिक बनेका छन्।

राष्ट्रियता परिवर्तन गरेसँगै लापोर्टले स्पनेबाट युरोप खेल्ने छन्। स्पेनिस टिमका प्रशिक्षक लुइस एनरिकेको आग्रहमा स्पेनिस फुटबल फेडेरेसनले लापोर्टलाई स्पेनिस टिमबाट खेल्ने स्वीकृति दिएको थियो।

फ्रान्सको एजेनमा जन्मिएका लापोर्ट युथ करिअर स्पेनिस क्लब एथ्लेथिको बिल्बाओबाट गरेका थिए। त्यहाँले ८ वर्ष बिताएका थिए । सन् २०१८ मा उनी ६५ मिलियन युरोमा सिटीका आएका थिए ।

निरन्तार उत्कृष्ट प्रदर्शन गरिरहेका लापोर्टलाई फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पले कुनै मौका नै दिएनन् । उनले लापोर्ट आफ्नो योजनामा नरहेको बताउँदै आएका थिए। जुलिनय लोपेटगुइ स्पेनिस टिमको प्रशिक्षक हुँदा नै उनले लोपोर्टलाई स्पेनिस टिमबाट खेलाउन चाहेका थिए ।

बुधबारबाट आधिकारिक रुपमा स्पेनिस नागरिक बनेका लापोर्टले स्पेनिस टिममा स्थान बनाउन सर्जियो रामोस, टिममेट इरिक गार्सिया, पाउ टोरेस र इनिगो मार्टिनेजसँग प्रतिस्पर्धा गर्नुपर्ने छ।

Facebook Comments Box