लाजियोले १३ वर्षपछि च्याम्पियन्स लिग खेल्ने

इटालियन सिरि ए क्लब लाजियोले १३ वर्ष युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग खेल्ने भएको छ । सिरी एअन्तर्गत बिहीबार राति भएको खेलमा काग्लियारीलाई पराजित गर्दै लाजियोले १३ वर्षपछि च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

जितपछि लाजियोले ३५ खेलबाट ७२ अंक जोडेको छ र चौथो स्थानमा छ । पाँचौ स्थानमा रहेको रोमा भन्दा लाजियोले ११ अंक बढी जोडिसकेको छ । लिगमा अब चरणको खेल बाँकी छ र लाजियोले सबै खेलमा पराजित भएपनि शीर्ष चारमा रहने पक्का छ । काग्लियारी ४२ अंकसहित १३औं स्थानमा छ ।

खेलमा एक गोलले पछि परेको लाजियोले पुनरागमन गर्दै काग्लियारीलाई २–१ ले पराजित गरेको हो । ४५औं मिनेटमा जियोभानी सिमोनीले गोल गर्दै काग्लियारीलाई पहिले अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा लाजियोले पुनरागमन गर्द २ गोल गर्‍यो ।

दोस्रो हाफको दोस्रो मिनेटमै सेर्गेई मिलिन्कोभिचले लाजियोको लागि बराबरी गोल फर्काए । ६०औं मिनेटमा सिरो इम्मोबाइलले गोल गर्दै लाजियोलाई अग्रता दिलाए । त्यही गोल निर्णायक बन्दा लाजियोले ३ अंक जोड्न सफल भयो ।

निर्णायक गोल गरेका इम्मोबाइल सिरी ए मा सर्वाधिक गोलकर्तामा समेत अगाडि छन् । उनले क्रिस्टियानो रोनाल्डोलाई एक गोलले पछि पारेका छन् । इम्मोबँइलको ३१ गोल पुगेको छ भने रोनाल्डोको ३० गोल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP