लेवान्डोस्की र रोनाल्डोलाई पछि पार्दै इम्मोबिलले जिते युरोपियन गोल्डेन बुट

सिरि ए क्लब लाजियोका स्ट्राइकर सिरो इम्मोबिलले युरोपियन गोल्डेन बुट जितेका छन् । यो सिजन सिरि एमा ३६ गोल गर्दै इम्मोबिलले युरोपियनसँगै सिरि ए गोल्डेन बुट जितेका हुन् ।

योसँगै इम्मोबिल गोल्डेन बुट जित्ने तेस्रो सिरिए खेलाडी बनेका छन् । यसभन्दा अघि सन् २००५/०६मा फियोरेन्टिनका लुका टोनी र २००६/०७ मा रोमाका फ्रान्सेस्को टोटीले युरोपियन गोल्डेन बुट जितेका थिए ।

युरोपियन गोल्डेन बुट जित्ने क्रममा इम्मोबिलले जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पारे । लेवान्डोस्कीले बुन्डेस लिगामा ३४ गोल गरेका थिए भने रोनाल्डोले ३१ गोल गरेका थिए ।

इम्मोबिलले गोल्डेन बुट मात्र जितेनन् सिरि ए एक सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बराबरी गरे । उनले सन् २०१५÷१६मा गोन्जालो हिग्वेनले बनाएको २६ गोलको कीर्तिमान बराबरी गरेका हुन् ।

इम्मोबिलको यो तेस्रो सिरि ए गोल्डेन बुट हो । यसअघि उनले सन् २०१३–१४ को सिजनमा २२ गोल र सन् २०१७–१८ को सिजनमा २९ गोल गरेका थिए गर्दै गोल्डेन बुट जितेका थिए ।

युरोपियन गोल्डेन बुट लियोनल मेसीले सर्वाधिक ६ पटक जितेका छन् भने रोनाल्डोले ४ पटक जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP