मुख्यमन्त्री लिग कप फुटबल हुने

Read Time:3 Minute

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा १६ देखि ३० असारसम्म प्रदेश १ मा मुख्यमन्त्री प्रदेश लिग फुटबल प्रतियोगिता हुने भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयसँगको सम्झौताअनुरूप प्रतियोगिता आयोजना गर्न लागेको एन्फाका प्रवक्ता किराण राईले बताएका छन् ।

मोसफलका क्लबलाई व्यावसायिक रूपमा सबल बनाउन पनि प्रतियोतिगा आयोजना गर्न लागेको एन्फाले जनाएको छ । यसका साथै खेलाडीलाई खेलेरै जीवन यापन गर्न सकिने अवसरका रूपमा प्रतियोगिता सञ्चालन गर्न लागेको एन्फाको भनाइ छ ।

‘मोफसलका क्लबलाई बिस्तारै व्यवसायिक बनाउने र खेलाडीलाई खेलेरै जीवनयापन गर्ने अवसरस्वरूप रोजगारी प्राप्त हुने कुरामा सहयोग हुनेछ,’ प्रतियोगिताका अध्यक्षसमेत रहेका राईले भने, ‘हामीले प्रतियोगितालाई प्राप्त बजेट पारदर्शीका खर्च गर्ने उद्देश्य राखेका छौं ।’

एन्फाले सम्पूर्ण पदाधिकारी र १४ जिल्लाका प्रतिनिधिको उपस्थितिमा बजेट बाँडफाँट गरेको छ । एन्फाबाट प्राप्त ३३ लाख जिल्ला लिग छनोटमा खर्च गरिनेछ । यसैगरी प्रदेश १ सामाजिक विकास मन्त्रालयबाट प्राप्त एक करोड सहभागी क्लब र खेलाडीको क्षमता अभिवृद्धि र समान अवसरका लागि खर्च गरिनेछ । यसैगरी ३३ लाख रुपैयाँ सहभागी १४ टोलीलाई खान, बस्न र यातायातमा छुट्याइएको एन्फाका प्रवक्ता राईले बताए ।

पहिलो संस्करण मुख्यमन्त्री लिग कपका विजेताले चार किलो चाँदीको ट्रफी पाउनेछन् । प्रतियोगितामा सहभागी १४ टोलीलाई १५ थानको दरले फुटबल उपलब्ध गराइने भएको छ । सो पुरस्कार राशी पाँच लाखबराबरको हो । यता खेल सञ्चालन गर्ने उदयपुर, सुनसरी, इलाम र विराटनगरलाई ३–३ लाख रुपैयाँ प्रदान गरिएको छ । सो रकमले मैदानको मर्मत, समारोह तथा प्रचारप्रसार आदिमा खर्च हुनु पर्नेछ ।

प्रतियोगिताको फाइनल चरणाम सहभागी हुने ६ क्लबमध्ये शीर्ष स्थानमा रहेन टोलीले पाँच लाख रुपैयाँ पाउनेछन् । यसैगरी दोस्रो स्थानमा रहेनले तीन लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ । यसैगरी सर्वोकृष्ट खेलाडीले एक लाख रूपैयाँ प्राप्त गर्नेछन् । अन्य ६ विधाका उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

4 thoughts on “मुख्यमन्त्री लिग कप फुटबल हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्पोर्ट्स अवार्डमा क्राउन प्लाजाको साथ
Next post ब्राजिल कोपा अमेरिकाको सेमिपाइनलमा
Close