च्याम्पियन्स लिग पहिलो चरणका ‘हेभीवेट’ भिडन्त

क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन मंगलबार रातिबाट सुरु हुँदै छ । सहभागी ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको छ । च्याम्पियन्स लिगको पहिलो चरणमै केही ठूला क्बल आपसमा भिड्दै छन् । पहिलो चरणमा हुने केही ठूला भिडन्त :

  • बार्सिलोना भर्सेस बोरुसिया डर्टमन्ड
    खेल : मंगलबार राति १२ः४५ बजे

च्याम्पियन्स लिग फुटबलको हेभीवेट भिडन्तमध्ये एक हो, स्पेनिस जाइन्ट बार्सिलोना र जर्मन क्लब बोरुसिया टर्डमन्डबीचको खेल । खेल आज राति १२ः४५ बजे डर्टमन्डको घरेलु मैदान वेस्टफालेस्टाडिओन रंगशामा हुने छ । यो खेल निकै रोमाञ्चक हुने छ । ग्रुपअफ डेथका रुपमा रहेको समूह एफ रहेका बार्सा र डर्टमन्ड दुवैका लागि यो खेल निकै महत्वपूर्ण छ ।

च्याम्पियन्स लिगमा खराब प्रदर्शन गरिरहेको बार्सिलोना विगतको प्रदर्शनलाई भुलाउँदै साकारात्मक सुरुवात गर्ने लक्ष्यमा छन् । तर, पछिल्लो समयको प्रदर्शन हेर्दा टर्डमन्डलाई हराउन बार्सिलोनालाई त्यति सहज भने हुने छैन । उसलाई चोटले पनि सताएको छ । प्रमुख स्ट्राइकर लियोनल मेसी, ओस्मान डेम्बेले चोटमुक्त हुने क्रममा छन् भने लुइस सुआरेज भर्खरमात्रै खेलमा फर्किएका छन् ।

बार्सिलोना सन् २०१८ मा क्वार्टरफाइलनमा अप्रत्यासित रुपमा रोमासँग पराजित भएको थियो भने अघिल्लो सिजन सेमिफाइलनमा लिभरपुलसँग पनि पहिलो लेगमा ३–०को अग्रता लिएर पनि बार्सिलोना पराजित भएको थियो । यो सिजन पनि बार्सिलोनाले ला लिगामा राम्रो सुरुवात गर्न सकेन । बार्सिलोनाले ४ खेलमा २ जित १ बराबरी र १ हारसहित ७ अंक मात्र जोड्न सकेको छ ।

यता टर्डमन्ड भने पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ । टर्डमन्डले बुन्डेसलिगामा ४ खेलमा ३ जित र १ हारसहित ९ अंकका साथ दोस्रो स्थानमा छ । च्याम्पियन्स उसको प्रदर्शन त्यति उत्कृष्ट नभएपनि युवा खेलाडीले भरिएको डर्टमन्ड जस्तोसुकै ठूलो क्लबलाई हराउने क्षमता राख्छ ।

कप्तान लियोनल मेसीसँगै लुइस सुआरेज, फ्यांकी डे जोङ र एन्टोइन ग्रिजम्यान बार्सिलोनाका मुख्य खेलाडी हुन् । टर्डमन्डलाई मार्को रिउस, राफइल गवुइरेरो, जोर्डन सान्चो, पाको अल्कासारलगायतका स्टार खेलाडीको साथ छ ।

  • लिभरपुल भर्सेस नापोली
    खेल : मंगलबार राति १२ः४५ बजे

मंगलबार राति नै दुई ठूला क्लब डिफेन्डिङ च्याम्पियन लिभरपुल र इटालियन क्लब नापोली भिड्दै छन् । खेल मंगलबार राति १२ः४५ बजे नापोलीको घरेलु मैदान स्टाडियो सान पाउलोमा हुने छ ।

जर्गेन क्लोपका प्रशिक्षणमा दुई सिजन लागतार उत्कृष्ट फर्ममा रहेको लिभरपुल र सिरि ऐमा राम्रो प्रदर्शन गरिहेको कार्लोस एन्सेलोटीको टिम नापोलीबीचको निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

अघिल्लो सिजन पनि यी दुई टिम समूह चरणमै भिडेका थिए । दुवैले होममा समान १–०को जित निकालेका थिए । लिभरपुल नापोली गोल अन्तरमा पछि पर्दै अन्तिम १६ मा पुगेको थियो ।

इपिएलमा लगातार ५ खेल जितेको लिभरपुल उत्कृष्ट लयमा छ । युइएफए सुपरकप फाइलनमा पहिलो रोजाईका गोलकिपर एलिन्सन घाइते भएपछि लिभरपुलको गोलपोस्ट भने केही कमजोर देखिएको छ । एलिन्सन घाइते भएपछि लिभरपुलले एउटै क्लिन सिट राख्न सकेको छैन । त्यसैले नापोलीविरुद्ध खेलमा लिभरपुललाई एलिन्सनको अभाव खड्न सक्छ ।

डिफेन्डिङ च्याम्पियन लिभरपुललाई मोहम्मद सलाह, साडियो माने, रोबर्टो फिर्मिन्हो र भिर्गिल भान गाइगलगायतको साथ छ भने नापोलीमा कालिडोउ कोउलीबेली, हिर्भिङ लोजानो, डरिस मर्टेन्सको साथ छ ।

  • रियल म्याड्रिड भर्सेस पिएसजी
    खेल : बुधबार राति १२ः४५ बजे

च्याम्पियन्स लिग फुटबलको पहिलो चरणकै अर्को ‘हेभिवेट’ भिडन्त हो, समूह एको रियल म्याड्रिड भर्सेस पिएसजी । खेल बुधबार राति १२ः४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा हुने छ । रियल म्याड्रिड च्याम्पियन्स लिगै सबैभन्दा सफल क्लब हो भने ट्रान्सफर मार्केटमा ठूलो रकम खर्चिएको पिएसजी पहिलो पटक उपाधि उचाल्ने दाउमा छन् ।

लगातार तीन उपाधि दिलाएसँगै प्रशिक्षक जिनेदिन जिदान र स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्बल छाडेपछि अघिल्लो सिजन रियलले च्याम्पियन्स लिगमा बिर्सन लगायक प्रदर्शन ग¥यो । रियल डच क्लब आयाक्ससँग अन्तिम १६ मै रोकिएको थियो ।

च्याम्पियन्स लिगबाट बाहिरिए लगत्तै रियलले जिदानलाई प्रशिक्षकका पुनः फर्कएको थियो । त्यसैले रियल अघिल्लो सिजनको खराब प्रदर्शनबाट माथि उठ्न चाहन्छ । रियलले ट्रान्सफर मार्केटमा पनि सोही अनुरुप खर्च गरेको छ । उसले इडेन हाजार्ड, लुका जोभिच, फ्रेलान्ड मेन्डी, इडर मिलिटाओ, रोड्रिगोलाई ठूलो रकममा भित्र्याएको छ ।

यता, लगातार रुपमा लिग वान जितिरहेपछि च्याम्पियन्स लिगमा भने पिएसजी चुकिरहेको छ । च्याम्पियन्स लिग जित्नैका लागि भनेर उसले २ सिजन अघि बार्सिलोनाबाट नेमारलाई २२२ मिलियन युरोमा ल्याएको थियो भने मोनाकाबाट १८० मिलियन तिरेर युवा खेलाडी किलियन एम्बाप्पेलाई ल्याएको थियो । तर पनि पिएसजीले च्याम्पियन्स लिगमा राम्रो गर्न सकिरहेको छ ।

बुधबार राति घरेलु मैदानमै रियलको सामना गर्दा चोट र खेलाडीको प्रतिबन्धले सताउने छ । उसका किलियन एम्बाप्पे र इडिन्सन काभानी चोटका कारण रियलविरुद्ध मैदानमा हुने छैनन् भने प्रतिबन्धका कारण नेमारले रियलविरुद्धको खेल गुमएका छन् । च्याम्पियन्स लिगमा नेमारलाई ३ खेलको प्रतिबन्ध लागेको छ । त्यसैले स्टार खेलाडीविना बलियो रियललाई रोक्न पिएसजीलाई सहज हुने छैन ।

रियललाई पुनः पुरानै लयमा फर्काउन इडेन हाजार्ड, भिनिसियस जुनियर, करिम बेन्जिमा, कासेमिरो, थिवाउट कोर्टुवालगायतको भूमिका महत्वपूर्ण हुने छ । यता, प्रमुख खेलाडी गुमाएको पिएसजीको आशा माउरो इकार्ड, एन्जेल डि मारिया, मार्को भेराट्टी, केलर नाभासलगायतमा निर्भर छ ।

  • युभेन्टस भर्सेस एट्लेटिको म्याड्रिड
    खेल : बुधबार राति १२ः४५ बजे

सन् १९८५ यता उपाधि जित्न नसकेको इटालियन क्लब युभेन्टस र उपाधिबिहीन स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबीचको खेललाई पनि समूह चरणको हेभिवेट भिडन्तका रुपमा हेरिएको छ । समूह डीमा रहेका यी दुईबीचको खेल वान्डा मेट्रोपोलिटानो रंगशालामा बुधबार राति १२ः४५ मा हुने छ ।

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो क्लब आएसँगै युभेन्टसलाई च्याम्पियन्स लिगको दाबेदारका रुपमा हेरिएको छ । त्यो किनपनि हो रोनाल्डो च्याम्पियन्स लिगक सबैभन्दा सफल र उत्कृष्ट खेलाडी हुन् भने ठूलो क्लबविरुद्ध उनको प्रदर्शन सधैं उच्चस्तरको हुने गर्छ । तर, अघिल्लो सिजन यभेन्टस क्वार्टफाइलनभन्दा माथि जान सकेन ।

अघिल्लो सिजन पनि यी दुई क्लब अन्तिम १६ मा भिडेका थिए । पहिलो लेग एट्लेटिकोले २–०ले जितेको थियो । तर, दोस्रो लेगमा रोनाल्डोले ह्याट्रिक गरेपछि खेल युभेन्ट्सले ३–२ले जित्दै अघिल्लो चरण पुगेको थियो । एट्लेटिको म्याड्रिडविरुद्ध रोनाल्डोको प्रदर्शन सधैं उत्कृष्ट रहने गरेकाले पनि यो खेलमा युभेन्ट्सको पल्ला भारी छ ।

यो खेलको केन्द्रमा हुने छन्, दुई पोर्चुगिज रोनाल्डो र ‘नेक्स्ट रोनाल्डो’ जुअ फेलिसक्स । युवा स्टार फेलिक्सलाई अर्को रोनाल्डोको रुपमा हेरिहेको छ । रोनाल्डो फेलिक्सका आदर्श खेलाडी पनि हुन् । उनले रोनाल्डोसँगै राष्ट्रिय टिमबाट खेलिसकेका छन् । तर, बुधबार आफ्नै आदर्श खेलाडी रोनाल्डोविरुद्ध फेलिक्स मैदानमा उत्रने छन् ।

यो सिजन दुवै टिमम नयाँ खेलाडीको बाहुल्य छ । एट्लेटिकोमा एन्टोइन ग्रिजम्यान, रोड्रि, लुकास हर्नाडेज, डिएगो गोर्डिन छैनन् । उसलाई फेलिक्स, मार्कस लोरन्टे, भिटोलोलगायत डिएगो कोस्टा, अल्भारो मोराटाको साथ छ । यता, युभेन्टसमा रोनाल्डोसहित म्याथिज डे लिट, आरोन राम्सी, एड्रियन राबिओट, डग्लस कोस्टालगायत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *