कमलले छाडे मनाङ, मोटो रकममा च्यासलमा अनुबन्धित

नेपाली फुटबलको सबैभन्दा सफल क्लब मनाङ मर्स्याङ्दीका कप्तान कमल श्रेष्ठले क्लब छाडेका छन्। मनाङ छाडेका कमलले मोटो रकममा च्यासल युथ क्लबसँग सम्झौता गरेका छन् ।

असोज ३ गतेबाट सुरु हुने भनिएको लिगका लागि च्यासलले कमललाई मासिक १ लाख २५ हजार रुपैयाँ पारिश्रमिकमा अनुबन्धन गरेको हो। सम्झौतापछि कमलले च्यासलको योजना राम्रो लागेको आफू क्लबमा आबद्ध भएको बताएका छन्।

कमलले च्यासलसँग ए डिभिजन लिग अवधिका लागि मात्र सम्झौता गरेका हुन्। ब्वाइज युनियन क्लबबाट ए डिभिजन लिग खेल्न थालेका कमलले मनाङका लागि ५ वर्ष खेलेका छन् ।

Facebook Comments Box