डिफेन्डर पिटर सेगुन ए डिभिजन लिग सातदोबाटोबाट खेल्ने

पहिलो पटक सदिह स्मारक ए डिभिजन लिग खेल्न लागेको सातदोबाटो युथ क्लबले विदेशी डिफेन्डर पिटर सेगुनलाई अनुबन्ध गरेको छ । लामो समयदेखि नेपालमै क्लब फुटबल खेलिरहेका सेमगुनलाई सातदोबाटोले बुधबार अनुबन्धन गरेको हो।

नाजेनियन डिफेन्डर सेगुनले अघिल्लो सिजन च्याम्पियन्स क्लब मच्छिन्द्र क्लबबाट खेलेका थिए। त्यसअघि उनले थ्री स्टारबाट पनि ए डिभिजन लिग खेलेका थिए।

सातदोबाटो बी डिभिजित लिग उपाधि जित्दै पहिलो पटक ए डिभिजनमा बढुवा भएको हो।

यो सिजनको सहिद स्मारक ए डिभिजन लिग ३ असोजबाट सुरु हुँदै छ।

Facebook Comments Box