संकटा क्लबले एकेडेमी चलाउने

ए डिभिजन क्लब संकटाले एकेडेमी चलाउने भएको छ । एकेडेमी चलाउनका लागि संकटा क्लब, अखिल नेपाल फुटबल क्लब (एन्फा) र नेक्सस स्कुलबीच एकेडेमी सञ्चालनका त्रिपक्षीय सम्झौता भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटीका अध्यक्ष उपेन्द्रमान सिंह, संकटा क्लबका कार्यवाहक अध्यक्ष सुरेन्द्र सिख्राकार र नेक्सस स्कुलका प्रिन्सिपल आरबी कटुवालले सम्झौता पत्रमा हस्ताक्षर गरे।

एकेडेमीको नाम नेक्सस संकटा युथ फुटबल एकेडेमी नाम रहने छ। सुरुमा एकेडेमीमा संकथाथका ७ र नेक्सस ७ खेलाडी रहेन छ। दोस्रो वर्षबाट खेलाडी संख्या बढाएर २१ पुराउन लक्ष्य संकटाको छ।

सम्झौतापछि संकटा क्लब एकेडेमी सञ्चालन गर्ने विभाग बाहिरका पहिलो क्लब बनेको छ । यसअघिनै त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ र नेपाल पुलिस क्लबले एकेडेमी सञ्चालन गरिसकेका छन् ।

एसियाली फुटबल महासंघको कार्यक्रम अनुसार संकटाले एकेडेमी सञ्चालनमा ल्याउन लागेको हो । एएफसीले एएफसी लाईसेन्स प्राप्त गर्न क्लबले एकेडेमी अनिवार्य संचालन गर्नु पर्ने नियम बनाएको छ ।

Facebook Comments Box