च्यासलबाट मच्छिन्द्र पुगे सुनिल बल

नेपाली राष्ट्रिय फुटबल टिमका विंगर सुनिल आसन्न ए डिभिजन लिगका लागि च्याम्पियन मच्छिन्द्र फुटबल क्लबमा आबद्ध भएका छन् । असोज ३ बाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिगका लागि सुनिल च्यासल युथ क्लबबाट मच्छिन्द्र पुगेका हुन्।

च्याम्पियन मच्छिन्द्रले मंगलबार बललाई क्लबमा अनुबन्धन गरेको हो । च्यासलअघि सुनिलले तीन सिजन थ्री स्टार क्लबाट खेलेका थिए।

यस्तै, मच्छिन्द्रले लिग च्याम्पियन बन्दाका अधिकांश खेलाडीसँग सम्झौता नवीकरण गरेको उल्लेख गरेको छ। अघिल्लो सिजन लिग च्याम्पियन बन्ने क्रममा मच्छिन्द्रले मनाङ मर्स्याङ्दी क्लबका अधिकांश खेलाडी अनुबन्धन गरेको थियो ।

उसका अनुसार गोलकिपर विशाल श्रेष्ठ, मिडफिल्डरद्वय सुजल श्रेष्ठ, विशाल राई, डिफेन्डर रन्जित धिमाल, देवेन्द्र तामाङ, स्ट्राइकर रेजिन सुब्बा, अभिषेक रिजालसँग सम्झौता नवीकरण गरेको छ।

अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–०ले हराउँदै मछिन्द्रले पहिलो पटक लिगको उपाधि हात पारेको थियो ।

Facebook Comments Box