जारी सहिद स्मारक ए डिभिजन लिगले विजेता पाइकसेको छ। यसै साता नवप्रवेशी क्लब चर्च बोइजले पहिलो सिजन नै उपाधि उचाल्यो ।
विजेताको टुंगो लागिसक्दा रेलिगेसनको दौड भने रोमाञ्चक बनिरहेको छ। बी डिभिजनमा घटुवा हुने २ टिम कुन–कुन हुन्छन् भन्ने अन्यौल भने कामै छ।
अब लिगमा एक चरणको खेलमात्र बाँकी छ, लिगमा समान २७ अंक जोडेका फ्रेन्ड्स क्लब र एफसी खुमलटार पुछारमा छन्। उनीहरुभन्दा माथि २९ र ३० अंक जोडेका थ्री स्टार क्लब र एपिएफ क्लब छन्।
यी ४ मध्ये २ टिम रेलिगेसनमा पर्ने निश्चित छ। अन्तिम चरणमा खुमलटारले नयाँ च्याम्पियन चर्च बोइज, थ्री स्टारले जावलाखेल युथ क्लबको सामाना गर्दा रेलिगेसनको खतरामा रहेका एपिएफ र फ्रेन्ड्स पनि आपसमा भिड्ने छन्। यही तीन खेलले रेलिगेसनको टुंगो लगाउने छ।
दशरथ रंगशालामा बुधबारको अन्तिम खेलमा संकटा र फ्रेन्ड्सले रोमाञ्चक १–१ को बराबरी खेले । खेलपछि फ्रेन्ड्सका प्रशिक्षक उर्जन श्रेष्ठले आफ्नो टिममाथि अत्यधिक दबाब रहेको स्वीकारे।
लिग विजेताको टुंगो लागिसेकपछि रेलिगेसन जोगिन होडले लिगको अन्तिम चरणलाई पनि रोमाञ्चक बन्ने निश्चित छ।