ए डिभिजन लिगका लागि च्यासलले नियुक्त गर्‍यो विदेशी प्राविधिक निर्देशक

आसन्न सहिद स्मारक ए डिभिजन लिगका लागि च्यासल युव क्लबले विदेशी प्राविधिक निर्देशक पनि नियुक्त गरेको छ। ललितपुरको च्यासलले स्कटलल्यान्डका लि मान्सनलाई प्राविधिक निर्देशक नियुक्त गरेको हो।

मंगलबार एक कार्यक्र गर्र्दै च्यासलले लि मान्सनसँग सम्झौतान गरेको छ । मान्सन २५ वर्षदेखि फुटबल प्राविधिक निर्देशकका रुपमा कार्यरत छन्।

कात्तिक २९ गतेबाट सुरु हुने ए डिभिजन लिगलाई लक्षित गर्दै च्यासलले मान्सनलाई प्राविधिक निर्देशक बनाएको छ। मान्सनको आगमनले लिगमा टिमले बलियो हुने अपेक्षा च्यासलको छ।

मासन पछिल्लो समय लाओस एफसीमा प्राविधिक निर्देशकका रुपमा आवद्ध थिए । उनीसँग फिलिपिन्सको पुरुष यू–२३ र महिला राष्ट्रिय टोली सम्हालिसकेको अनुभव छ । मान्सनले एएफसी च्याम्पियन्स कप खेलिसकेको टोली ग्लोबल एफसीमा ६ वर्ष मुख्य प्रशिक्षक भएर काम गरेका थिए ।

मान्सनले खेलाडी जीवनमा स्कटल्यान्डको ग्रेटना र क्विन अफ दी साउथबाट खेलेका थिए । उनले अमेरिकाको रिचमण्ड किकर्सबाट फुटबल खेलेका थिए ।

यसैबीच च्यासलले मंगलबार नै नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान विराज महर्जनलाई अनुबन्धन गर्दै कप्तानको जिम्मेवारी पनि दिएको छ।

Facebook Comments Box