मार्टिनेली चम्किँदा आर्सनलको जित

Read Time:1 मिनेट

ब्राजिलियन युवा स्ट्राइकर गाब्रियल मार्टिनेलीले उत्कृष्ट प्रर्दशन गरेपछि इंग्लिस प्रिमियर लिगमा आर्सनल विजयी भएको छ। शनिबार राति भएको खेलमा मार्टिनेलीको दुई गोल मद्दतमा आर्सनलले लिड्स युनाइटेडमाथि ४–१को फराकिलो जित निकाल्यो।

आर्सनलको जितमा मार्टिनेलीसँगै बुकायो साका र इमिल स्मिथ रोवले पनि गोल गरे । यता, लिड्सका राफिन्हाले गोल गरेका थिए। आर्सनलले पहिलो हाफमा ३ गोल गरेको थियो।

युवा स्ट्राइकर मार्टिनेलीले ३० मिनेटभित्र दुई गोल गरेपछि आर्सलने उत्कृष्ट सुरुआत ग¥यो । उनले लकाजेटको पासमा १६औं मिनेटमा टिमलाई सुरुआती अग्रता दिलाए । २८औं मिनेटमा ग्राटिना जाकाको पासमा मार्टिनेलीे नै आर्सनलको अग्रता दोब्बर बनाए ।

४२औं मिनेटमा साकाले गोल गरेपछि पहिलो हाफमा आर्सनलले ३–०को अग्रता लियो । ७५औं मिनेटमा राफिन्हाले गोल गर्दै टिमलाई खेलामा फर्काउने प्रयास गरे। बेन ह्वाइटले लिड्सका गेलहाटलाई लडाएप्छि प्राप्त पेनाल्टीमा गोल गरेका थिए।

८४औं मिनेटमा स्थिम रोवले गोल गरेपछि आर्सनले सहज जित निकाल्यो। उनले मार्टिन ओडेगार्डको पासमा गोल गरेका थिए।

जितपछि १८ खेलबाट ३२ अंक जोड्दै चौथो स्थानमा छ । लिड्स भने १८ खेलबाट १६ अंकसहित १६औं स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post प्रधानमन्त्रीकप महिला क्रिकेट : बागमतीमाथि लुम्बिनीको जित
Next post इल्चेमाथि बार्सिलोनाको कठीन जित
Close