लिड्समाथि लेस्टर सिटीको सानदार जित

Read Time:2 Minute

इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले सानदार जित निकालेको छ । सोममबार राति किङ पावर स्टेडियममा भएको खेलमा लेस्टरले लिड्स युनाइटेडलाई ४–१ ले हरायो ।

लेस्टरको जितमा यूरी टिलेमन्सले दुई गोल गरे भने जेमी भार्डी र हार्वे ब्रानर्सले एक–एक गोल गरे । दोस्रो मिनेटमा ब्रान्सको गोलमा लेस्टरले खेलमा अग्रता बनाएको थियो । उनले भार्डीको पासमा गोल गरेका थिए ।

२१औं मिनेटमा टिलेमन्सले गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाए । ५० औं मिनेटमा घरेलु टोलीका स्टुअर्ट डलासले खेल २–१ को स्थितीमा ल्याएका थिए । भार्डीले ७६औं मिनेटमा लेस्टरका लागि तेस्रो गोल गरे । इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै टाइलेमेनले लेस्टरलाई ४–१ को शानदार जित दिलाए ।

यसैगरी अर्को खेलमा फुल्हमले प्रिमियर लिगमा पहिलो जित निकाल्यो । उसले घरेलु मैदानमा वेस्ट ब्रोमलाई २–० ले पराजित गर्यो । फुल्हमको जितमा बाबी डेकोर्डोवा रिड र ओला आइनाले एक एक गोल गरे । पहिलो जित निकाल्दै फुल्हम ४ अंक सहित रेलिगेशन क्षेत्र भन्दा माथि उठ्यो । वेस्ट ब्रोम ३ अंक सहित तालिकाको पुछारदेखि तेस्रोमा रह्यो ।

जितसहित लेस्टर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लगातार चार खेलमा जित निकाल्दै लेस्टरले ७ खेलबाट १५ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको १६ अंक छ । लिड्स १० अंक सहित १२ औं स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बैंग्लोरलाई हराउँदै दिल्ली क्वालिफायरमा, बैंग्लोर एलिमिनेटरमा
Next post आयाक्सका ११ खेलाडीमा देखियो कोराना संक्रमण
Close