दुई पटकको अग्रता जोगाउन नसक्दा एभर्टन रोकियो

इंग्लिस प्रिमियरअन्तर्गत शनिबार राति भएको खेलमा एर्भन बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा २ पटकको अग्रता जोगाउन नसक्दा एभर्टन लिड्स युनाइटेडसँग २–२ गोलको बराबरीमा रोकियो।

खेलमा एभर्टनका लािग डोमिनिक काल्र्भट लेविन र डेमाराइ ग्यारीले गोल गरे भने लिड्सका लागि माटेउस क्लिच र राफिन्हाले गोल गरेका थिए।

३०औं मिनेटमा काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए। उनले पेनाल्टीमा गोल गरेका थिए। ४१औं मिनेटमा क्लिचले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले प्याट्रिक बामफोर्डको पासमा गोल गरेका थिए।

५० औं मिनेटमा ग्यारीले गोल गर्दै एभर्टनलाई पुनः अग्रता दिलाए । उनले एब्डोउलेइ डेकोउरेको पासमा गोल गरेका थिए। ७२औं मिनेटमा राफिन्हाले लइम कुपरको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

यसैगरी अर्को खेलमा क्रिस्टल प्यालेस र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेले।

Facebook Comments Box