फिफा अध्यक्षमाथि फौजदारी अभियोगमा मुद्दा

विश्व फुटबल महासंघ (फिफा) अध्यक्ष जियानी इन्फान्टिनोविरुद्ध फौजदारी अभियोगमा मुद्दा दायर भएको छ । स्विट्जरल्यान्डका महान्यायाधिवक्ता मिकेल लउवेरसँग गोप्य बैठक गरेको आरोपमा उनीमाथि फौजदारी अभियोगमा मुद्दा दता भएको हो ।

विभिन्न सञ्चार माध्यमहरुले फिफा अध्यक्षविरुद्ध बिहीबार मुद्दा दायर भएको उल्लेख गरेका छन् । यो विषयमा धेरै कुरा बाहिर आउन बाँकी रहेको पनि सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

महान्यायाधिवक्तासँगको छलफलको संकास्पद पाइएपछि छानविन समिति गठन समेत गठन गरिएको थियो । महन्यायधिवक्ता माइकलले गतसाता राजिनामा दिएपछि छानविन समितिले अझ मिहेनताका साथ काम गरेको थियो ।

फिफा अध्यक्षसँगको छलफलका विषयलाई लिएर विवादमा मुछिएपछि मिकेलले गत साता पदबाट राजिनामा दिएका छन् । छानविन समितिले मिकेलसँग पनि छलफल गरिरहेको छ ।

इन्फान्टिनो र मिकेलबीच भएको भेटर्वाता गोप्य राखिएको छ । उनीहरुले गोप्य कुराकानी किने गरे भन्ने बारेमा अझै खुल्न बाँकी छ । तर, इन्फान्टिनो र मिकेल दुवैले गोप्य कुराकानी नभएको बताएका छन् ।

फिफाले विज्ञप्ति निकाल्दै गोप्य भेटवाताका विषयमा छानविका लागि सघाउन आफू तयार रहेको बताएको छ । फिफाले आफ्ना अध्यक्षविरुद्ध दर्ता भएको मुद्दामा स्प्रस्ट छानविन हुनुपर्ने बताउँदै जस्तोसुकै सहयोग गर्न आफू तयारेको उसले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP