लेस्टर सिटीले पहिलो पटक जित्यो एफए कप उपाधि, चेल्सी १–०ले पराजित

लेस्टर सिटीले इतिहासमै पहिलो पटक एफए कप उपाधि जितेको छ। शनिबार राति वेम्बलीमा भएको फाइनलमा चेल्सीलाई १–०ले पराजित गर्दै लेस्टरले पहिलो पटक उपाधि जितेको हो।

२१ हजार दर्शक उपस्थित भएको खेलमा लेस्टरलाई जित दिलाउन युरी टिलेमन्सले निर्णायक गोल गरे । दुई वर्षपछि इंग्ल्यान्डम दर्शकसहितको फुटबल भएको हो । टिलेमन्सले ६३औं मिनेटमा लङ रेन्जबाट उत्कृष्ट गोल गरेका थिए ।

८९औं मिनेटमा लेस्टरकै पूर्वखेलाडी बेन चिलवालको प्रहार डिफ्लेक्स हुँदै गोल भएको थियो । तर भिएआरले उक्त गोललाई अफसाइड करार दिएको थियो।

यसअघि चार पटक फाइनल खेलेपनि एफए कपको उपाधि जित्न नसकेको लेस्टर पाँचौ पटकमा उपाधि जित्न सफल भयो । यसअघि लेस्टर सन् १९४९, १९६१, १९६३ र १९६९ मा फाइनल पुगेको थियो।

एफए कप आर्सनलले सर्वाधिक १४ पटक उपाधि जितेको छ भने म्यानचेष्टर युनाइटेडले १२ पटक यस जितेको छ । चेल्सी ८ पटक उपाधि जितेको छ ।

Facebook Comments Box