आर्सनलले लेस्टरलाई हरायो

लण्डन क्लब आर्सनलले प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध पुनरागमन जित हात पारेको छ। आइतबार एक गोलले पछि परेको अवस्था उल्टाउँदै आर्सनलले तेस्रो स्थानको लेस्टरलाई ३–१ ले पराजित गरेको हो।

आर्सनको जितका अलेक्जान्डर लाकाजेट, निकोलस पेपे र डेभिड लुइसले गोल गरे भने लेस्टर सिटीका युरी टिलेमान्सले गोल गरे ।

घरेलु मैदानमा भएको खेलको छैटौं मिनेटमै युरी टिलेमान्सले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । तर, ३९ औं मिनेटमा आर्सनलका लागि डेभिड लुइजले बराबरी गोल फर्काए। पहिलो हाफको इन्जुरी समयमा अलेक्जान्डर लाकाजेटले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २–१ को अवस्थामा ल्याए । निकोलस पेपेले ५२औं मिनेटमा आर्सनलका लागि तेस्रो गोल गरे ।

जितपछि २६ खेलबाट ३७अंक जोड्दै आर्सनल नवौं स्थानमा उक्लेको छ। पराजित लेस्टर २६ खेलबाट ४९ अंकसहित तेस्रो स्थानमै यथावत छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.