रोकियो लेस्टर सिटी

कोरोना भाइरसको महामारी पछि सुरु भएको इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा लेस्टर सिटी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा लेस्टरलाई रेलिगेसन जोनमा रहेको वाटफोर्डले १–१ गोलको बराबरीमा रोकेको हो ।

वाट्फोर्डको मैदानमा भएको रोमान्चक खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा लेष्टरले बराबरी खेलेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ९० औं मिनेटमा बेन चिलवेलले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा क्रेग डसनले गोल गर्दै वाट्फोर्डलाई हारबाट जोगाए ।

खेलमा लेस्टरले ५६ प्रतिशत बल पोजेसन बनाउँदै वाटफोर्डको पोस्टमा १५ सट प्रहार गरेको थियो । जसमध्ये २ सट मात्र फ्रेममा थियो । यता, वाटफोर्डले ६ सट प्रहार गर्दा ४ सट फ्रेममा थिए ।

वाट्फोर्डसँगको बराबरीसँगै लेस्टर ५४ अंकका साथ तेस्रो स्थानमा छ । वाट्फोर्ड २८ अंकका साथ १६ औं स्थानमा छ । शीर्ष स्थानको लिभरपुलको ८२ अंक छ भने दोस्रो स्थानको सिटीको ६० अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *