युरोपा लिगमा लेस्टर सिटीको सहज जित

Read Time:1 Minute

युरोपा लिग फुटबलमा लेस्टर सिटीले सहज जित निकालेको छ। बिहीबार राति भएको खेलमा लेस्टर सिटीले लेजया वासएलाई ३–१को जित निकाल्यो ।

लेस्टरको जितमा पाट्सन डाका, जेम्स माडिन्सन र विलफ्रेड एनडीडीले गोल गरेका थिए । घरेलु मैदानमा पाट्सन डाकाले ११ औं मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए ।

खेलको २१ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाए। २६औं मिनेटमा फिलिपले गोल गर्दै लेजियालाई खेलमा फर्काउने प्रयास गरे। तर, ३३ औं मिनेटमा विलफ्रेड एनडीडीले गोल गर्दै लेस्टरलाई ३–१ को जित दिलाए ।

जितसँगै लेस्टर समूह सीको शीर्ष स्थानमा उक्लिएको छ । लेस्टरले ५ खेलमा ८ अंक जोडेको छ भने लेजिया ६ अंक जोडेर पुछारमा रहेको छ ।

यस्तै, अन्य खेलमा मोनाकोले स्पेनिस क्लब रियल सोसिडाडलाई २–१ ले हराउँदा लियोनले ब्रोनडेबीलाई ३–१ले हरायो। यस्तै अन्य खेलमा रेन्जर्स, ओलम्पियाकोस, पिएसभी विजयी भएका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post प्रदेश १ को लागतार दोस्रो जित, कर्णाली ७६ रनले पराजित
Next post मुरा एफसीसँग हार्‍यो टोटनहम
Close