घरेलु मैदानमै न्युकासलसँग हार्‍यो लेस्टर सिटी

लेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा घरेलु मैदानमा पराजित भएको छ । शुक्रबार राति भएको खेलमा लेस्टर घरेलु मैदानमा न्युकासल युनाइटेडसँग ४–२ले पराजित भयो।

न्युकासलको जितमा कलुम विल्सनले दुई गोल गरे भने जोसेप विललक र पाउल दुमेटले समान एक गोल गरे। लेष्टरका मार्क अल्ब्राइटन र केलिची इहिनाचोले एक एक गोल फर्काए ।

खेलको २२ औं मिनेटमा जोसेपको गोलबाट न्युकासलले सुरुआती अग्रता लिया । ३२औं मिनेटमा दुमेटले गोल गर्दै न्युकासलको अग्रता दोब्बर बनाए । पहिलो हाफ २–०मै सकयिो ।

खेलको ६४ औं मिनेटमा विल्सनले गोल गरेपछि न्युकासलेले ३–०का अग्रता लियो । ७३ औं मिनेटमा विल्सनले व्यक्तिगत दोस्रो गोल गर्दा न्युकासल ४– ले अघि रह्यो ।

८० औं मिनेटमा लेष्टरका अल्ब्राइटन र ८७औं मिनेटमा इन्हाचोले गोल गर्दै गोल अन्तर घटाउने प्रयास गरे पनि जित दिलाउन भने सकेनन् ।

हारपछि पनि लेष्टर तेस्रो स्थानमै छ । उसको ३५ खेलमा ६३ अंक छ । न्युकासल भने ३९ अंकसहित १३औं स्थानमा उक्लिएको छ ।

Facebook Comments Box