ट्रेनिङमा घाइते भए मेसी

स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेसी घाइतेका छन् । सोमबार प्रशिक्षणका क्रममा मेसीको दाहिँने खुट्टाको पिँडुलामा समस्या देखिएको छ ।

गत महिना भएको कोपा अमेरिकापछि मेसी छुट्टीमा थिए । उनी समेबारबाट नै बार्सिलोनाका ट्रेनिङमा सामे भएका थिए ।

घाइते भएपछि मेसीले अमेरिका भ्रमण गुमाएको छ । प्रिसिजन टुरका क्रममा अमेरिकामा बार्सिलोनाले नेपोलीसँग २ खेल खेल्ने छ ।

मेसीको चोट कति गम्भीर हो र उनी कहिलेदेखि खेलमा फर्कन्छन् भन्ने परीक्षणपछि मात्र थाहा हुने बताइएको छ । आइतबार राति भएको आर्सनलविरुद्धको खेलमा पनि मेसी बेन्चमा बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *