एट्लेटिकोले गुमायो चौथो स्थानमा उक्लने मौका

Read Time:1 Minute

एट्लेटिको म्याड्रिडलाई स्पेनिस ला लिगामा पुछारमा रहेको लेभान्तेसँग पराजित भएको छ। घरेलु मैदानमा बुधबार राति भएको खेलमा एट्लेटिको लेभान्तेसँग १–० गोलले पराजित भयो ।

यो हारसँगै एट्लेटिको शीर्ष चारमा फर्कने अवसर गुमाएको छ । एट्लेटिको २४ खेलबाट ३९ अंक जोड्दै पाँचौं स्थानमै छ। लेभान्तेको १४ अंकका साथ पुछारमा छ।

प्रतिस्पर्धात्मक खेलमा एट्लेटिकोलाई हराउन लेभान्तेका गोन्जालो मेलेरोले निर्णायक गोल गरे । उनले ५४औं मिनेटमा जर्ग डि फ्रुटोसको पासमा गोल गरेका थिए ।

एट्लेटिको ५४ प्रतिशत बल पोसेसन बनाउँदै १० सट प्रहार गरेकोमा १ सट मात्र फ्रेममा थियो । यता, लेभान्तेले ८ सट प्रहार गर्दा ५ सट फ्रेमा थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post हिमालयन शेर्पासँग रोकियो आर्मी
Next post नेपालले विश्वकप खेल्ने कप्तान सन्दीपको दाबी
Close