लेभरकुसेनले गर्‍यो मोन्चेनग्लाडबाखको पोस्टमा गोलको वर्षा

Read Time:3 Minute

जर्मन बुन्डेसलिगाअन्तर्गत दोस्रो गेमविकको खेलमा बायर लेभरकुसनले बोरुसिया मोन्चेनग्लाडबाखको पोस्टमा गोलको वर्षा गरेको छ। सिजनको पहिलो होम गेममा लेभरकुसनले ४–० को शानदार जित निकालेको हो।

लेभरकुसेनले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो। मोन्चेनग्लाडबाखका गोलकिपर यान सोमरको आत्मघाती गोलमा लेभरकुसेनले अग्रता लिएको हो। युरोकपमा चम्किएका चेक रिपब्लिकका स्ट्राइकर प्याट्रिक सिकले आकर्षक गोल गर्दै खोलको ८औं मिनेटमै लेभरकुसेनको अग्रता दोब्बर बनाए।

तेस्रो गोल भने दोस्रो हाफमा मात्र सम्भव भएको थियो। मोसा डिएबीले ५५औं मिनेटमा गोल गर्दै घरेलु टिमको अग्रता बढाएका थिए। यस्तै, नदीम अमिरीले ८७औं मिनेटमा चौथो गोल पनि थप्दै सिजनको पहिलो जितलाई अझै शानदार बनाए।

फाइनल नतिजा निराशाजनक आएपनि खेलमा मोन्चेनग्लाडबाखले राम्रै पकड जमाएको थियो। पोजेसन र सट अन टार्गेट लेभरकुसेनभन्दा ग्लाडबाखकै बढी थिए। तर, फिनिसिङमा चुक्दा लज्जास्पद हार बेहोर्नुपरेको थियो।

भिजिटर टोलीले खेलमा पर्खिने मौका पाएपनि सदुपयोग गर्न सकेको थिएन। खेलको ४३औं मिनेटमा लेभरकुसेनका डिफेन्डर मिसेल बेकरले खराब ट्याकल गरेपछि ग्लाडबाखले पेनाल्टी पाएको थियो। तर, कप्तान लार्स स्टिन्ड्लको पेनाल्टी प्रहार लेभरकुसेनका गोलकिपर लुकास ह्रेडेकीले रोक्दै पाहुना टिमलाई खेलमा फर्किने अवसरबाट बञ्चित गरेका थिए।

जितसँगै ४ अंकका साथ लेभरकुसेन अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पहिलो खेलमा युनियन बर्लिनसँग १–१ गोलको बराबरी खेल्दै उसले अंक बाँडेको थियो। ग्लाडबाख भने दुई खेलमा १ अंकका साथ १७औं स्थानमा झरेको छ।

शनिबारै भएको बुन्डेसलिगाको अर्को खेलमा फुर्थ र अर्मिनियाले बराबरी खेलेका छन्। १–१ गोलको बराबरी खेल्दै उनीहरुले अंक बाँडेका छन्।

अर्मिनियाले फाबियान क्लोसको गोलमा खेलको ४५औं मिनेटमा अग्रता लिएको थियो। तर, फुर्थका ब्रानिमिर ह्रोेगोताले ५०औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै खेल बराबरीमा ल्याएका थिए।

६८औं मिनेटमा अर्मिनियाका अलेसान्द्रो स्कोफले रातो कार्ड पाएपछि अर्मिनिया १० खेलाडीमा सिमित भएको थियो। तर, फुर्थले त्यसको फाइदा उठाउन नसकेपछि उनीहरुले अंक बाँडेका हुन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बुन्डेसलिगा : डर्टमन्ड पराजित, रोकियो फ्रांकफर्ट
Next post नर्विचमाथि म्यान्चेस्टर सिटीको सानदार जित
Close