लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको जित

पोल्यान्डका स्ट्राइकर रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक गरेपछि बुन्डेस लिगामा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख विजयी भएको छ। शनिबार राति भएको लेवान्डोस्कीले ह्याट्रिक गरेपछि १० सीमित बायर्नले स्टुटगार्डमाथि ४–०को सहज जित निकाल्यो ।

बायर्नको जितमा लेवान्डोस्कीले ३ तथा सर्जी गनाब्रीले एक गोल गरे। १२औं मिनेटमा अल्फन्सो डेभिसले रातो कार्ड पाएपछि बार्यन १० खेलाडीमा समेटिएको थियो। तर, १० खेलाडीमा पनि बायर्न दबाबमा आएन्।

१८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । २२औं मिनेटमा गनाब्रीले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । त्यसपछि २३ र ३९औं मिनेटमा गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे भने टिमलाई ४–०को अवस्थामा पु¥याए ।

यता, बोरुसिया डर्टमन्ड भने बराबरीमा रोकिएको छ । शनिबार राति नै भएको खेलमा डर्टमन्ड एफसी कोल्नसँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

खेलको तेस्रो मिनेटमै हालान्डले गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए । तर ३५औं मिनेटमा डर्टमब्डका ओेन्द्रेज डुडाले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो ।

६५औं मिनेटमा इस्माइल ज्याकोब्सले गोल गर्दै कोल्नलाई २–१ को अग्रता दिलाए । तर ९०औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमन्डको हार टारे ।

जितपछि २६ खेलमा ६१ अंक जोड्दै बार्यन शीर्ष स्थानमा यथावत छ । स्टुटगार्ड ३६ अंक जोडेर आठौं स्थानमा छ । बराबरीपछि २६ खेलबाट ४३ अंकसहित डर्टमन्ड पाँचौँ स्थानमा छ भने समान खेलबाट २३ अंकसहित कोल्न १४औं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.