डर्टमन्डविरुद्ध बार्यनको पुनरागमन जित, लेवान्डोस्कीले गरे ह्याट्रिक

जर्मन बुन्डेस लिगामा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा सुरुआतमै २ गोलले पछि परेको अवस्था उल्टाउँदै बार्यनले बोरुसिया डर्टमन्डमाथि ४–२को सादनर जित निकाल्यो ।

बार्यनको सादनर जितमा डर्टमन्डकै पूर्व खेलाडी स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले नायक रहे । लेवान्डोस्कीले आफ्नै पूर्वक्लबविरुद्ध ह्याट्रिक गरेपछि बार्यनले ४–२को सानदार पुनरागमन जित निकालेको हो।

घरेलु मैदानमा बार्यनका लागि लेवान्डोस्कीको ह्याट्रिकका अलावा लियोन गोरेट्जकाले एक गोल गरे । डर्टमन्डकाका लागि दुवै गोल अर्लिङ हालान्ड गरे।

दोस्रो मिनेटमै एर्लिङ हालान्डले गोल गर्दै डर्टमन्डलाई सुरुआती अग्रता दिलाए । नवौं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दा सुरुमै डर्टमन्डले २–० को अग्रता लियो ।

लेवान्डवस्कीले २६औं मिनेटमा गोल गर्दै गोल गरेपछि बायर्नन खेलमा फर्कियो। ४४औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दा बार्यनले पहिलो हाफ २–२ को बराबरीमा सकियो। दोस्रो हाफको अन्तयतिर बार्यनले दुई गोल थप्यो ।

८८ औं मिनेटमा गोरेट्जकाले गोल गर्दै बार्यनलाई ३–२ को अग्रता दिलाए । ९०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने बार्यनलाई ४–२ को जित दिलाए ।

जितपछि बार्यन २४ खेलबाट ५५ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ । समान खेलबाट ५३ अंकसहित आरबी लाइपजिग दोस्रो स्थानमा छ । २४ खेलबाट ३९ अंक रहेको डर्टमन्ड छैटौं स्थानमा झरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.