लेवान्डोस्की बने सर्वोत्कृष्ट खेलाडी, युईएफए अवार्डमा बायर्नको दबदबा

युर्ईएफएको प्लेयर अफ दि इयर अवार्ड बायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले जितेका छन् । गत सिजन बायर्नलाई च्याम्पियन्स लिग उपाधि दिलाउन महत्वपूर्ण खेलेका लेवान्डोस्कीलाई ‘च्याम्यिन्स लिग ड्र’ सर्वाजनिक कार्यक्रममा प्लेयर अफ दि इयर घोषणा गरियो ।

यूईएफए प्लेयर अफ दि इयर बन्ने क्रममा लेवान्डोस्कीले सहकर्मी म्यानुअल नुयर र म्यान्चेस्टर सिटीका केभिन डे ब्रयनलाई पछि पारे । गत सिजनका च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता पनि हुन् । उनले १५ गोल गरेका थिए ।

यसैगरी महिलातर्फ ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड वुल्फ्सवजर्गका पेर्निल हार्डरले जितिन् । हार्डर अहिले भने चेल्सीमा आबद्ध भएकी छिन् ।

युईएफए अवार्डको पुरुषतर्फ च्याम्पियन बायर्नको दबदबा रह्यो । उसले १ विधाबाहेक पुरुषतर्फको सबै अवार्ड जित्यो । बायर्नले उत्कृष्ट स्ट्राइकर, गोलकिपर, डिफेन्डर र प्रशिक्षक अवार्ड जित्यो ।

लेवान्डोस्कीले फरवार्ड अफ दि सिजन बने भने बायर्नकै जोसुवा किमिचले उत्कृष्ट डिफेन्डर, कप्तान म्यानुअल नुयर उत्कृष्ट गोलकिपर बन्दा हान्सी फ्लिकले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते । यस्तै, सिटीका डे ब्रयन च्याम्पियन्स लिगको उत्कृष्ट मिडफिल्डर बने ।

यसैगरी व्यक्तिगत विधामा महिलातर्फ उत्कृष्ट गोलकिपर सारा बुहाद्दी, उत्कृष्ट डिफेन्डर वेन्डी रेनार्ड, उत्कृष्ट मिडफिल्डर जेनिफर मारोज्सान र उत्कृष्ट फरवार्ड पेर्निल हार्डरले जितिन् ।

यस्तै चेल्सी तथा आइभरी कोस्टका पूर्व स्ट्राइकर डिडियर ड्रोग्बालाई यूईएफए प्रेसिडेन्ट अवार्ड प्रदान गरियो । बुधबार मात्र ड्रोग्बालाई प्रसिन्डेन्ट अवार्ड दिने घोषणा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP