लेवान्डोस्कीले ४ गोल गरेपछि बायर्न विजयी

पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले यो सिजन पनि आफ्नो लयलाई कायमै राखेका छन् । लेवान्डोस्कीले नै उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गरेपछि बुन्डेसलिगामा बायर्न म्युनिखले हेर्थ बर्लिनमाथि ४–३ को संघर्षपूर्ण जित निकालेको छ ।

बायर्ननका लािग चारै गोल लेवान्डोस्कीले गर्दा बर्लिनका जोन कार्डोेबा, म्याथिस क्युन्हा र जेसिक नागन्कामले गोल गरेका थिए । ७ गोल भएको खेलमा पहिलो हाफमा १ र दोस्रो हाफमा ६ गोल सम्भव भएको थियो ।

४०औं मिनेटमा लेवान्डोस्कीको गोलमा बायर्नले सुरुवाती अग्रता लियो । पहिलो १–०मै सकियो । तर, ५१औं मिनेटमै लेवान्डोस्कीले पुनः गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । ५९औं मिनेटमा बर्लिनका कार्डोेबाले गोल गर्दै टिमलाई खेलम फर्काए । ७१औं मिनेटमा बर्लिनका क्युन्हाले गोल गर्दै खेललाई २–२को बराबरीमा ल्याए ।

८५औं लेवान्डोस्कीले गोल गर्दै पुन बार्यनलाई ३–२ अग्रता दिलाए । ८५औं मिनेटमा नागन्कामले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए । बराबरीतर्फ उन्मुख खेलमा इन्जुरी समयमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्ननलाई जित दिलाए ।

च्याम्पियन्स लिग विजेता बायर्नले युईएफए सुपर कप जितेको तीन दिनपछि हार होफेनहमसँग हार व्यहोरेको थियो । बायर्नले पछिल्लो ३२ खेलमा २३ खेलको विजयी यात्रामा पूर्णविराम लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP