लिग वानमा लिलेले तोड्एको पिएसजीको एकाधिकार, ७ वर्षपछि पिएसजी उपाधि जित्न असफल

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेनको एकाधिकार तोड्दै लिले उपाधि जितेको छ। ७ वर्षपछि लिग वानले नयाँ च्याम्पियन पाएको हो । यसअघिका ७ सिजन लगातार पिएसजीले उपाधि उचालेको थियो।

सिजनको अन्तिम खेलमा आइतबार राति एन्जर्स २–१ ले हराउँदै लिले च्याम्पियन बनेको हो । उसले पिएसजीमाथि १ अंकको अग्रता बनाउँदै उपाधि जित्यो । यो उसको चोथौ लिग वान उपाधि हो । लिलेको ८३ र पिएसजीबो ८२ अंक थियो।

लिलेको जितमा जोनाथन डेविड र बुराक यिलमाजले गोल गरेका थिए । दुवै गोल पहिलो हाफमा भएको थियो । एन्जर्सका एन्जेलो फुलगिनीले दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै अन्तर घटाउने प्रयास गरेका थिए ।

यता, पिएसजीले लिगको लिगको अन्तिम खेलमा ब्रेस्टलाई २–० ले हरायो । उसका लािग किलियन एम्बाप्पेले एक गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो । नेमारले खेलका सुरुवातमै पेनाल्टीमा गोल गर्न सकेन ।

यस्तै, अन्तिम दिन लेन्ससँग गोलरहित बराबरी खेलेपछि मोनोको तेस्रो हुँदै च्याम्पियन्स लिगको प्लेअफमा पुगेको छ। अन्तिम दिन निससँग पराजित भएपछि लियोनले भने युरोपा लिग खेल्ने भएको छ।

Facebook Comments Box