बार्सिलोनाको च्याम्पियन्स लिग टिमबाट बाहिरिए मेसी

Read Time:1 Minute

स्पेनिस क्लब बार्सिलोनाले आफ्ना कप्तान लियोनल मेसीले च्याम्पियन्स लिग टिमबाट बाहिर राखेको छ । मंगलबार राति हुने डाइनामो किभविरुद्धको खेलका लागि बार्सिलोनाले मेसीलाई बाहिर राख्दै १९ सदस्यीय टिमको घोषणा गरेको छ ।

मेसीसँगै बार्सिलोनाले भिडफिल्डर फ्यांकी डी योङ र डिफेन्डर जेरार्ड पिकेलाई पनि टिमबाट बाहिर राखेको छ । प्रशिक्षक रोनाल्ड कोम्यानले मेसी र डी योङलाई आराम दिइएको बताएका छन्।

यता पिके भने घाइते भएकाले टिममा नपरेका हुन् । उनी गत साता भएको ला लिगाको एट्लेटिको मड्रिडसँगको खेलमा पहिलो हाफमै घाइते भएका थिए ।

बार्सिलोनाले मंगलबार राति डाइनामो किभसँग उसैको मैदानमा खेल्नेछ । समूह जीमा ३ जित निकालेको बार्सिलोना ९ अंक जोड्दै शीर्ष स्थानमा छ । ६ अंक जोडेको युभेन्ट्स दोस्रो स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाली क्रिकेटरको कोरोना परीक्षण आज हुने
Next post म्यान्चेस्टर सिटी र बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा
Close