मेसीको ह्याट्रिकमा अर्जेन्टिना विजयी

कप्तान लिओनल मेसीले ह्याट्रिक मद्दतमा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना विजयी भएको छ । शुक्रबार बिहान भएको खेलमा मेसीको ह्याट्रिकमद्दतमा अर्जेन्टिनाले बोलिभियालाई ३-०ले हरायो।

खेलको १४ औं मिनेटमै गोल गर्दै अग्रता दिलाएका मेसीले दोस्रो हाफमा दुई गोल गरे । उनले ६४ औं मिनेटमा दोस्रो गोल गरेका थिए भने ८८ औं मिनेटमा तस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे।

यो ह्याट्रिकसँगै मेसी दक्षिण अमेरिकी महादेशबाट अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने । यो क्रममा उनले ब्राजिलका पेलेलाई पछि पारे । मेसीले अर्जेन्टिनाका लागि ७९ गोल गरेका छन् । पेलेले ब्राजिलका लागि ७७ गोल गरेका छन्।

जितपछि छनोटमा अर्जेन्टिना ८ खेलमा १८ अंकसहित दोस्रो स्थानमै छ । बोलिभिया ९ खेलबाट ६ अंकका साथ नवौं स्थानमा छ।

Facebook Comments Box