लिग वानमा मेसीको डेब्यू, एम्बाप्पेको गोलमा पिएसजी विजयी

यसै समर ट्रान्सफरमा स्पेनिस क्लब बार्सिलोनाका फ्रेन्च क्लब पिएसजी आएका अर्जेन्टिनी सुपरस्टार लियोन मेसीले फ्रेन्च लिग वानमा डेब्यू गरेका छन्।

लिग वान अन्तर्गत आइतबार राति भएको रेइम्सविरुद्धको खेलमा मेसीले डेब्यू गरेका हुन्। मेसी ६६औं मिनेटमा नेमारलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका थिए।

मेसीले डेब्यू गरेका खेलमा पिएसजी छाड्न लागेका किलियन एम्बाप्पे चम्किए । एम्बाप्पेले दुवै हाफमा समान १ गोल गरेपछि पिएसजीले रेइम्समाथि २–०को जित निकाल्यो।

एम्बाप्पेले १६औं मिनेटमै पिएसजीलाई अग्रता दिलाए। उनले एन्जल डि मारियाको पासमा गोल गरृेका थिए । त्यसपछि ६६औं मिनेटमा उनले नै पिएसजीको अग्रता दोब्बर बनाए । यो पटक एम्बाप्पले अचर्फ हाकिमीको पासलाई सदुपयोग गरेका थिए।

खेलमा पिएसजीले ६८ प्रतिशत बल पोजेसन बनाउँदै रेइम्सको पोस्टमा १२ सट प्रहार गरेको थियो। जसमध्ये ३ सट फ्रेममा थियो। यता, रेइम्सले ११ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो।

Facebook Comments Box