नेमार, मेसी र रामोसको गोलमा पिएसजी च्याम्पियन

Read Time:1 मिनेट

स्टार खेलाडीहरु नेमार, लियोनल मेसी र सर्जियो रामोसले गोल गरेपछि पिएसजी फ्रेन्च सुपर कप उपाधि जितेको छ।

ब्लुमफिल्ड स्टेडियम इजरायलमा आइतबार राति सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको नान्टेसमाथि ४–० को सानदार जित निकाल्दै पिएसजी च्याम्पियन बनेको हो।

पिएसजीलाई सिजनको पहिलो उपाधि जिताउन नेयमारले दुई गोल गरे भने मेसी र रामोसले पनि गोल गरे।

२२औं मिनेटमा मेसीको गोलबाट पीएसजीले सुरूआतश्र अग्रता बनाएको थियो। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा नेयमारले फ्रिकिकमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे।

५७औं मिनेटमा रामोसले गोल गरेपछि पीएसजी सहज जिततर्फ अग्रसर बन्यो। ८१औं मिनेटमा नान्टेस १० खेलाडीमा समेटियो।

नेयमारलाई पेनाल्टी बक्समा फउल गरेपछि जिन चार्लेस कास्टेलेटोलाई रेफ्रीले सिधै रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए। त्यसमै प्राप्त पेनाल्टीलाई नेयमारले सदुपयोग गर्दै टोलीलाई ४(० को जितसहित च्याम्पियन बनाए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post इंग्ल्यान्डले पहिलो पटक उचाल्यो महिला युरोकप उपाधि
Next post किरणले मैदानमै गरे प्रेमिकालाई विवाह प्रस्ताव
Close