मेसीको गोलमा विश्वकप छनोटमा अर्जेन्टिना विजयी

कप्तान लियोनल मेसीले निर्णायक गोल गरेपछि दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिानाले विजयी सुरुवात गरेको छ । शुक्रबार बिहान भएको खेलमा मेसीको निर्णायक गोल मद्दतमा अर्जेन्टिनाले इक्वेडरलाई १–०ले हरायो ।

निकै प्रतिस्पर्धात्मक खेलमा मेसीले १३औं मिनेटमा गरेको गोल गर्दै खेलको निर्णयक गोल सावित भयो । लुकास ओकम्पासलाई इक्वेडरका खेलाडीले डिबक्समा लगाएपछि प्राप्त पेनाल्टीमा मेसीले गोल गरेका थिए ।

खेलमा अर्जेन्टिनाले ५९ प्रतिशत बल पोजेसन बनाए पनि पोस्टमा उल्लेख्य आक्रमण गर्न भने सकेन । उसले ८ सट प्रहार गरेकोमा २ सट मात्र फ्रेममा थिया । यता, इक्वेडरले २ सट प्रहार गरेकोमा कुनै सट फ्रेममा प्रहार गर्न असफल भयो ।

अब अर्जेन्टिनाले बोलिभियासँग उसकै मैदानमा खेल्ने छ भने इक्वेडरले घरमा उरुग्वेसँग खेल्ने छ ।

विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत नै शुक्रबार बिहान नै भएका अन्य खेलमा उरुग्वेले चिलीलाई २–१ले पराजित गरेको छ । उसका लागि लुइस सुआरेजले र म्याक्सी गोमेजले गोल गरे भने चिलीका एलेक्सिस सान्चेजले गोल गरे । यस्तै, अर्को खेलमा पेरु र पाराग्वेले २–२ गोलको बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP