मेसीले मोरक्कोसँगको खेल नेखल्ने

अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले मोरक्कोसँगको मैत्रीपूर्ण खेल नखेल्ने भएका छन् । भेनेजुएलाविरुद्धको मैत्रीपूर्ण खेलमा चोट बोकेपछि मेस्सीले मोरक्कोसँगको खेल नखेल्ने भएका हुन् ।

भेनजुएलाविरुद्धको खेल अघि नै पनि थकानका मेसीले एउटा मात्र मैत्रीपूर्ण खेल खेल्ने बताइएको थियो ।

भेनेभुएलाविरुद्ध ९० मिनेट नै मैदानमा बिताएका मेसीलाई खेलपछि कम्मरमा समस्या देखिएका कारण मोरक्कोविरुद्ध नखेल्ने भएका हुन् । अर्जेन्टिनाले सोमबार मोरक्कोसँग दोस्रो मैत्रीपुर्ण खेल खेल्दैछ ।

सन् २०१८ को विश्वकपपछि भेनेजुएलाविरुद्ध खेल्दै राष्ट्रिय टिममा पुनरागमन गरेका थिए । तर, उनको पुनरागमन सुखद् हुन सकेन ।

शुक्रबार भएको खेलमा अर्जेन्टिना भेनेजुएलासंग ३–१ ले पराजित भयो । भेनेजुएलाका लागि जोसे सोलोमोन रानडोन, जोन मुरिल्लो र जोसेफ मार्टिनेजले एक एक गोल गरे । अर्जेन्टिनाका लाउटारो मार्टिनेजले एक गोल फर्काए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP