मेसी र सुआरेजले क्रिसमससँगै मनाउने

Read Time:1 Minute

विश्वकप विजेता अर्जेन्टिनी कप्तान लियोनल मेसीले क्रिसमस आफ्नो पूर्वसहकर्मी लुइस सुआरेजसँग मनाउने भएका छन्। अर्जेन्टिनालाई विश्वकप जिताएपछि विदा मनाइरहेका मेसीले सुआरेजसँग रोजारियोमा क्रिसमस मनाउने छन्।

मेसीसँगै पत्नी एन्टोनेला रोकुजो, छोराहरु थियागो, माटेओ र किरो हुनेछन् । क्रिरमस मनाउन सुआरेज पत्नी सोफिजा बाल्बी र छोराछोरीसँगै रोजारियो पुगिसेका छन्।

मेसी र सुआरज सहकर्मीसँगै मिल्ने साथी हुन्। यी दुईले बार्सिलोनमा सँगै ६ सिजन बिताएका थिए। लुसेल रंगशालामा फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेपछि मेसीले सबैभन्दा पहिलो सुआरेजलाई फोन गरेका थिए।

उनीहरुले सुविधान सम्पन्न केन्टुकी कन्ट्री क्लबमा क्रिसमस मनाउने छन्। क्रिसमस मनाएर मेसी फ्रान्स लाग्ने छन् भने सुआरेज नयाँ क्लब ग्रेमिओबाट खेल्न ब्राजिल जाने छन्। सुआरेजले आजै मात्र ग्रेमिओसँग २ वर्षको सम्झौता गरेका छन्।

Happy
Happy
83 %
Sad
Sad
0 %
Excited
Excited
17 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सेन्ट्रल एसियाली जोन भलिबलमा नेपालले हार्‍यो लिगका सबै खेल, फाइनल प्रवेशका लागि भोलि खेल्ने
Next post व्यायाम मन्दिरद्वारा खेलकुदकर्मी सम्मानित
Close