बार्सिलोनामै बस्ने राजी भएका मेसी भन्छन्, ‘बार्टोमेउ नेतृत्वको नाममा क्लबका लागि दुर्घटना हुन्’

अर्जेन्टिनी स्टार लियोनल मेसी एक सिजन बार्सिलोनामै बस्ने भएका छन् । लामो समयदेखि क्लब व्यवस्थापनसँग असन्तुष्ट रहेका मेसीले गत साता पत्र लेख्दै बार्सिलोना छोड्न चाहेको बताएका थिए ।

अर्जेन्टिनाा रहेका मेसीले शुक्रबार गोल टडकमसँगको अन्तर्वार्ताका क्रममा आफू खुसी नभएपनि एक सिजन बार्सिलोनामै बस्ने बताएका हुन् । मेसीले बार्सिलोना छाड्ने बताएपछि उनलाई भित्र्याउन ७ सय मिलियन युरोको रियल क्लज तिर्नुपर्ने बताएपछि मेसी र बार्सिलोनाबीच केही विवाद पनि उत्पन्न भएको थियो ।

‘अहिले जे भयो त्यसमा म खुसी छैन । यो साँचो हो कि, म क्लब छाड्न चाहन्थें,’ मेसीले गोल डटकमसँगको अन्तर्वार्तामा भने, ‘मलाई क्लब छाड्न दिइएन । म अब बार्सिलोनामा नै रहन्छु किनभने आफू हुर्किएको क्लबसँग कुनै पनि कानुनी झमेला चाहन्नँ।’

सिजनको सुरुवातदेखि नै मेसी क्लब अध्यक्ष जोसेफ मारिया बार्टोमेउसँग खुसी थिएनन् । मेसीले क्लब छोड्न चाहनुको एउटा कारण त्यो पनि थियो । मेसीले गोल टडकमसँगको अन्तर्वार्तामा बार्टोमोउप्रति असन्तुष्टी पोखेका छन् ।

‘परिबन्ध वा नयाँ घटनाक्रमका कारण म अब बार्सिलोनामै रहन तयार छु । तर, म क्लब बोर्ड अध्यक्षसँग खुसी छैन, पटक्कै खुसी छैन । किनभने, बार्टोमेउ क्लबका लागि नेतृत्वका नाममा एक दुर्घटना मात्र हुन्,’ मेसीले भनेका छन् ।

जुनमा १०मा बार्सिलेना ला लिगा र च्याम्पियन्स लिग दुवैको उपाधि दौडमा रहेको र सिजन पनि नसकिएकाले आफूले क्लब छाड्ने कुरा त्यतिवेला गर्न उचित नठानेको बताएका छन् । अहिले त्यही विषयलाई उचालेर अपाmूलाई क्लब छाड्न नदिएको उनले बताएका छन् । उनले भने, ‘अहिले पनि क्लबमा कुनै नयाँ राम्रो योजना देखिएको छैन। उनीहरु मलाई क्लब छाड्न नदिनेमा मात्र छन् ।’

मेसीले अन्तर्वार्ताका क्रममा अध्यक्ष बार्टोमेउले आफूले गरेको बाचा बिर्सिएको बताएका छन् । बार्टोमेउले सिजनको अन्त्यमा आफूलाई भविष्यको बारेमा निर्णय गर्न पाउने बाचा गरे पनि अहिले त्यो बाचा भुलेको मसीले बताए । ‘बर्टोमेउले सिजनको अन्त्यमा क्लब छाड्न या बस्ने निर्णय गर्न पाउछौं, त्यसमा तिम्रो इच्छा हुनेछ भनेका थिए । तर, अहिले आफ्नै बाचा भुलेर बार्टोमेउले मलाई अप्ठ्यारो बनाए,’ मेसीले गुनासो गरे ।

आफूले बार्सिलोना छाड्ने कुरामा परिवार खुसी नभएको पनि मेसीले बताएका छन् । ‘जब मैले बार्सिलोना छाड्ने कुरा परिवारलाई बताएँ, सबै परिवार रोए । मेरा छोराहरु बार्सिलोना छोड्न चाहँदैन थिए, उनीहरु आफ्नो स्कुल परिवर्तन गर्न पनि चाहँदैन थिए’, मेसीले भनेका छन्, ‘अध्यक्ष बार्टोमेउले ७ सय मिलिय रिलिज क्लजविना क्लब छाड्न नपाउने बताए । त्यो असम्भव भएकाले म क्लबमै बस्न राजी भएको हुँ ।’

मेसीले पछिल्लो पटक सन् २०१७ मा बार्सिलोनासँग सम्झौता गर्दा हरेक सिजनको अन्त्यमा क्लब छाडेर जानसक्ने बुँदा उल्लेख भएको थियो। तर बार्सिलोनामा अझै एक वर्षको सम्झौता बाँकी रहेका मेस्सी लैजानका लागि ७ सय मिलियन युरो रिलिज क्लज तिर्नुपर्ने बार्सिलोना व्यवस्थापनले बताउँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP