मेसीले आफ्नो नामको ट्रेडमार्क प्रयोग गर्न पाउने

अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लिओनल मेसीले आफ्नो नाम ट्रेडमार्कका रुपमा प्रयोग गर्न पाउने भएका छन् । इयुको उच्च अदालतले ९ वर्ष लामो मुद्दाको फैसला गरेपछि मेसीले अब आफ्नो नाम दर्ता गरेर ट्रेडमार्कका रुपमा प्रयोग गर्न पाउने भएका छन् ।

युरोपियन कोर्ट अफ जस्टिस (युरोपियन न्याय अदालत)ले स्पानिस साइक्लिङ कम्पनी मास्मी र इयुको बौद्धिक सम्पत्ति कार्यालय ईयुआईपीओको अपिल खारेज गरेपछि मेसीले आफ्नो नामको ट्रेडमार्क प्रयोग गर्न पाउने भएका हुन् ।

स्पानिस क्लब बार्सिलोनाका स्टार मेसीले सन् २०११ मा पहिलो पटक स्पोर्ट्सवेयर ब्राण्डका लागि आफ्नो सरनेमको ट्रेडमार्क दर्ता गरेका थिए । तर, मास्मीले उनीहरुको लोगो समान भएकाले यसले द्विविधा ल्याउने बताएको थियो ।

युरोपियन न्याय अदालतले जब जनता दुई ब्राण्डको भिन्नता छुट्याउन सक्षम हुन्छन् तब स्टार खेलाडीको प्रतिष्ठालाई ध्यानमा राख्न सकिने बताएको छ । यसले गर्दा युरोपियन अदालतले सन् २०१८ मा इयुको साधारण अदालतले सुनाएको फैसलालाई समर्थन गर्‍यो र कन्फ्युजन आउनेमा फुटबलर पनि जानकार थिए ।

साइकल लुगा र सामग्रीहरु बेच्ने मास्मीले बार्सिलोनाका स्ट्राइकरको आवेदनलाई सुरुमा चुनौती दिएको थियो । तर लिओनल मेसीले जब साधारण कोर्टमा अपिल गरे र त्यसले मेसीको पक्षमा फैसला गर्‍यो ।

१० नम्बरको जर्सी लगाउने ३३ वर्षीय मेसी कीर्तिमानी ६ पटक विश्वकको उत्कृष्ट खेलाडी चयन भएका छन् । फोर्ब्सका अनुसार मेसी सबैभन्दा धेर कमाइ गर्ने फुटबलर हुन् । उनको २०२० को कमाइ १२६ मिलियन अमेरिकी डलर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP