मेसीको नाम लेखिएको पिएसजीको जर्सी ३० मिनेटमै ‘सोल्ड आउट’

अर्जेन्टिनी सुपर स्टार लियोनल मेसीको नाम लेखिएको फ्रेन्च क्लब पिएसजीको जर्सी ३० मिनेटमै ‘सोल्ड आउट’ भएको छ। मंगलबार राति मेसीले पिएसजीसँग सम्झौता गरेका आधा घण्टामै मेसीको नाम लेखिएको पिएसजीको जर्सी सोल्ड आउट भएको हो।

ला लिगाको वित्तिय नियमका कारण बार्सिलोनासँग सम्झौता नवीकरण हुन नसकेपछि मेसीले गत बिहीबार मात्र बार्सिलोना छाडेका थिए । उनले पिएसजीसँग वार्षिक ३५ मिलियर युरोमा २ वर्षका लागि सम्झौता गरेका छन्।

खेल पत्रकार योनास अदनान गिएभरले ट्विटरबाट मेसीको ३० नम्बर जर्सी आधिकारिक स्टोरमा ३० मिनेटमै ‘सोल्ड आउट’ भएको लेखेका छन्। कुनै पनि खेलाडीको नाम लेखेको जर्सी यति छिटो बिकेर सकिएको सम्भवत पहिलो रेकर्ड भएको बताइएको छ।

उनका अनुसार पिएसजीले मेसीले सहमति गरेको भिडियो सार्वजनिक गरेको ३० मिनेटमा जर्सी सकिएको थियो । मेसी नाम लेखिएको ३० नम्बरको सेतो होम जर्सी र निलो अवे जर्सी दुवै ‘सोल्ड आउट’ भएको छ।

स्टोरमा अहिले मेसीको नाम लेखिएको महिला र बच्चाबच्चीको जर्सीमात्र अलिअलि बाँकी छ।

Facebook Comments Box