उपाधि होडमा लिभरपुललाई टोटनहमको धक्का, युनाइटेडको लज्जास्पद हार

Read Time:2 Minute

प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार राति घरेलु मैदान एन्डफिल्डमा भएको खेलमा लिभरपुल टोटनहमसँग १–१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो ।

बराबरीपछि लिभरपुल शीर्ष स्थानमा त उक्लियो, तर उपाधि होडमा भने धक्का लाग्यो । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी र लिभरपुलको समान ८३ अंक छ । सिटीले आइतबार राति घरेलु मैदानमा न्युकासलसँग खेल्नेछ ।६३ अंक जोडेको टोटनहमले भने शीर्ष चारको होडमा आर्सनललाई टक्कर दिइरहेको छ।

एनफिल्डमा भएको खेलको दुवै गोल दोस्रो हाफमा भएको थियो । त्यसमा पनि हेउन मिन सनले ५६औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । तर लुइस डियाजले ७४औं मिनेटमा डियाजले बराबरी गोल गरेपछि लिभरपुल एक अंक जोड्न सफल भयो ।

यस बराबरीले टोटनहमलाई पनि शीर्ष चारमा पर्नका लागि धक्का लागेको छ । टोटनहम ३५ खेलबाट ६२ अंकसहित पाँचौ स्थानमा छ जुन एक खेल कम खेलेको आर्सनल भन्दा एक अंक कम हो । सिटी र लिभरपुल शीर्ष दुईमा रहने पक्का भइसकेको स्थितिमा तीन लण्डन क्लब चेल्सी, आर्सनल र टोटनहम थप शीर्ष चारमा अटाउनका लागि संघर्षरत छन् ।

प्रिमियर लिगकै अर्काे खेलमा म्यानचेष्टर युनाइटेडले लज्जास्पद हार बेहोरोको छ। शनिबार राति भएको खेलमा युनाइटेड ब्राइटनसँग ४–० ले पराजित भयो । यो हारसँगै युनाइटेडको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना सकिएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पाँचौं जितसहित झापा सी डिभिजन लिगको शीर्ष स्थानमा
Next post आइपिएल : लगनउ प्लेअफ नजिक, कोलकाताको सम्भावना अंकगणीतमा मात्रै
Close