च्याम्पियन्स लिगः एसी मिलानविरुद्ध एट्लेटिको पुनरागमन जित, लिभरपुलले पोर्टोलाई हरयो

च्याम्पियन्स लिगको समूह चरणको खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र लिभरपुल विजयी भएका छन् । मंगलबार राति भएको खेलमा एट्लेटिकोले एसी मिलानमाथि २–१को पुनरागमन जित निकाल्दा लिभरपुलले एफसी पोर्टोमाथि ५–१को जित निकाल्यो ।

समूह बीको खेलमा एट्लेटिको मड्रिडले दश खेलाडी समेटिएको एसी मिलानमाथि २–१ को पुनरागमन जित हात पारेको छ। एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमन र लुइस सुआरेजले गोल गरे भने मिलानका राफायल लिएओले गोल गरेका थिएश्र

खेलको २०औं मिनेटमै राफाएल लिएओले गोल गर्दै एसी मिलानलाई अग्रता दिलाएका थिए । तर, २९औं मिनेटमा फ्रांन्क केसी रातो कार्ड पाउ मैदान बाहिरिएपछि एसी मिलान दश खेलाडीमा समेटिएको थियो ।

तर, ८४औं मिनेटमा एट्लेटिकोका एन्टोनी ग्रीजमनले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि इन्जुरी टाइममा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई जित दिलाए ।

यसैगरी समूह बीकै अर्को खेलमा लिभरपुलले सहज जित निकाल्यो । लिभरपुलले पोर्चुगिज क्लब पोर्टोमाथि ५–१ जित रच्यो । पोर्टोको घरेलु मैदानमा भएको खेलमा लिभरपुललको लागि मोहम्मद सालाह र रोबर्टो फिर्मिनोले समान दुई गोल गर्दा साडियो मानेले एक गोल गरेका थिए।

सालाहले १८ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा मानेले गोल गर्दै पहिलो हाफमा लिभरपुलको अग्रता दोब्बर बनाए । सालाहले ६०औं मिनेटमा व्यक्तिगत गोल गर्दा लिभरपुलले ३–० को अग्रता बनायो ।

७४औं मिनेटमा पोर्टोका तारेमीले गोल गर्दै गोलअन्तर घटाउने प्रयास गरे । तर, फिर्मिनफले ७७औं र ८१ औं मिनेटमा लगातार दुई गोल गरेपछि लिभरपुलले ५–१को फराकिलो जित निकाल्यो।

जितपछि लिभरपुल २ खेलमा ६ अंक जोडेर समूह बी को शीर्ष स्थानमा छ । ४ अंक जोडेर एट्लेटिको दोस्रो स्थानमा रहँदा १ अंक जोडेको पोर्टो तेस्रो र अंकबिहीन मिलान पुछारमा छ ।

Facebook Comments Box