
जोटाको ह्याट्रिकमा लिभरपुल विजयी, वायर्नको सहज जित
च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुल र जर्मन क्लब बायर्न म्युनिख विजयी भएका छन् । मंगलबार राति भएको च्याम्पियन्स लिगको समूह चरणमा डिएगो जोटाले ह्याट्रिक गरेपछि लिभरपुलले उट्लान्टालाई ५–०ले हरायो भने बायर्नले रेडबुल साल्जबर्गलाई ६–२ हरायो ।
मंगलबार राति जोटाले ह्याट्रिक गरेको खेलमा लिभरपुलले एटलान्टालाई ५–० गोल अन्तरले हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहा र साडियो मानेले समेत एक–एक गोल गरे ।
पोर्चुगलका अन्तर्राष्ट्रिय फरवार्ड जोटाले लगातार चौथो खेलमा लिभरपुलका लागि गोल गरेका हुन् । रोबर्टो फिर्मिन्होलाई बेन्चमा राख्दै प्रशिक्षक क्लोपले जोटालाई पहिलो रोजाईको रुपमा मैदान उतारेका थिए । खेलको १६ औं मिनेटमा जोटाले लिभरपुललाई अग्रता दिलाएका थिए । उनले ३३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफ सुरु हुने बित्तिकै दोस्रो मिनेटमा सलाहाले लिभरपुललाई ३–० को अग्रता दिलाए । त्यसको दुई मिनेटपछि मानेले लिभरपुलका लागि चौथो गोल गरे । ५४ औ मिनेटमा जोटाले च्याम्पियन्स लिगमा आफ्नो पहिलो ह्याट्रिक पुरा गरेका थिए ।
यसैग्री अर्को खेलेलमा बायर्ननले शतप्रतिशत जित निकाल्ने क्रममा साल्जबर्गलाई ६–२ गोल अन्तरले पराजित गरेको छ । मर्गिम बेरीशाले सुरुवातमै घरेलु टोली साल्जबर्गलाई अग्रता दिलाएका थिए । रोबर्ट लेवान्डोसकीले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए ।
साल्जबर्गका डिफेन्डर रासमस क्रिस्टेन्सनको आत्मघाति गोलसंगै बायर्न खेलमा अघि बढ्यो । बैकल्पिक खेलाडी मसाया ओकुगावाको गोलसंग साल्जबर्गले खेल बराबरीमा ल्याएको थियो ।
त्यसपछि बायर्नले लगातार चार गोल ग¥यो । जेरोम बोइटङले हेड गोलमार्फत बायर्नलाई खेलमा अघि बढाए । कर्नरबाट प्राप्त बललाई बोटिङ्गले हेडमार्फत पोस्टको दिशा दिएका थिए । लिरो साने, लेवान्डोस्की र लुकास हर्नान्डेजले बायर्नका लागि थप एक एक गोल गरे ।
साविक विजेता बायर्नले यस सिजन समेत सुरुवाती तीनै खेलमा जित निकालेको छ । उसले दोस्रो स्थानको एट्लेटिको मड्रिडसंग ५ अंकको अग्रता लिएको छ । स्पेनिस क्लब एट्लेटिकोले मंगलबार रातिनै भएको अर्को खेलमा लोकोमोटिभ मस्कोसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । समूह एमा शीर्ष स्थानको बायर्नको ९ अंक छ । दोस्रो स्थानको एट्लेटिकोको ४ अक छ । मस्को क्लबको २ र पुछारको साल्जबर्गको १ अंक छ ।
यस्तै समूह डीको शीर्ष स्थानको लिभरपुलले ९ अंक जोडेको छ । डच क्लब अजाक्स ४ अंक सहित दोस्रो स्थानमा छ । एटलान्टा समेत समान अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ । एफसी मिडजिलेन्ड अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।