च्याम्पियन्स लिगमा दुई इंग्लिस लिभपरपुल र सिटी विजयी

Read Time:2 Minute

च्याम्पियन्स लिगमा दुई इंग्लिस क्लब लिभरपुल र म्यान्चेस्टर सिटीले विजयी सुरुआत गरेका छन् । बुधबार राति भएको खेलमा लिभरपुलले इटालियन क्लब एसी मिलानमाथि ३–२को पुनरागमन जित निकाल्यो भने सिटीले जर्मन क्लब आरबी लेइपजिगमाथि ६–३को फराकिलो जित निकाल्यो ।

घरेलु मैदानमा लिभरपुलले नवौं मिनेटमा फिकायो टोमोरीको आत्मघाती गोलबाट खेलमा अग्रता लियो। ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको प्रहार रोक्ने क्रममा टोमोरीमा डिफ्लेक्सन भएर गोल भएको थियो। १४औं मोहमद सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले अग्रता दोब्बर बनाउने मौका गुमायो । उनको प्रहार मिलानका किपरले रोकेका थिए।

त्यसपछि २ मिनेटअन्तरमा २ गोल गर्दै पहिलो हाफमा एसी मिलानमा २–१ को अग्रता लियो । उसका एन्टी रेबिचले ४२औं र ४४औं मिनेटमा ब्राहिम डियाजले गोल गरेका थिए। ४९औं मिनेटमा सलाहले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि कप्तान जोर्डन हेन्डरसनले ६९औं मिनेटमा लिभरपुललाई जित दिलाए ।

यसैगरी अर्को खेलमा सिटीलाई जित दिलाउन नाथन एकेइ, गाब्रिअल जेसुस, रियाद महारेज, ज्याक ग्रेलिस र जोआ कान्सेलोले गोल गरेका थिए भने एक गोल आत्मघाती भएको थियो । लेइपजिगका क्रिस्टोफर एनकुकुले ह्याट्रिक गरेका थिए ।

खेलमा एकेइले १६औं मिनेटमा गोल गर्दा नोर्दी मुकेइलले २८औं मिनेटमा आत्मघाती गोल गरेका थिए । इन्जुरी समयको दोस्रो मिनेटमा महारेजले गोल गरेका थिए भने ५६औं मिनेटमा ग्रेलिस, ७५औं मिनेटमा कान्सेलो र ८५औं मिनेटमा जेसुसले गोल गरेका थिए । एनकुकुले ४२, ५१ र ७३औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post रोड्रिगोको गोलमा रियल विजयी, रोकियो एट्लेटिको
Next post चलेन मेसी, नेमार र एम्बाप्पेकाे जादु, क्लब ब्रुगसँग रोकियो पिएसजी
Close